शुक्रबार , बैसाख ३, २०७८

लय देखिएनन् म्याक्सेवल, दोस्रो खेलमा पनि सस्तैमा आउट

लय देखिएनन् म्याक्सेवल, दोस्रो खेलमा पनि सस्तैमा आउट

१३ फागुन, काठमाडौं । न्यूजिल्याण्डसँगको टी-२० सिरिजको दोस्रो खेलमा पनि अष्ट्रेलिया टीमको आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सेवल सस्तैमा आउट भएका छन् । अघिल्लो खेलमा १ रनमै पवेलिएन फर्किएका उनी आज तीन रन बनाएर आउट भएका हुन् ।

मिचेल सान्टनरको बलरमा इश सोढीले उत्कृष्ट क्याच गर्दा आज पनि म्याक्सेवलको उत्कृष्ट पारी खेल्ने धोको पूरा हुन सकेन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

न्यूजिल्याण्डले दिएको २ सय २० रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलियाले यो समाचार तयार पार्दा १३ ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको छ ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनायो ।

उसका लागि ओपनर मार्टिन गुप्टिलले आक्रामक पारी खेले । उनले ५० बलमा आठ छक्का र छ चौकाको मद्दतमा ९७ रन बनाए । उनी छक्का हिर्काउने धुनमा क्याच आउट भएका हुन् ।

आज पनि सस्तैमा पहिलो विकेट गुमाएको न्यूजिल्याण्डको पारीलाई गुप्टिल र कप्तान केन विलियम्सनले सम्हाले ।

दोस्रो विकेटका लागि यो जोडीबीच १ सय ३१ रनको विशाल साझेदारी बन्यो । कप्तान विलियम्सनले ३५ बलमा तीन छक्का र दुई चौकासहित ५३ रन बनाए ।

त्यस्तै, जिमी नीशमले पनि आज आक्रामक ब्याटिङ गरे । उनले १६ बलमा ६ छक्का र १ चौकासहित नटआउट ४६ रनको उत्कृष्ट पारी खेले ।

ग्लेन फिलिप्स आठ, टिम साउदी ६, टिम सेफर्ट तीन र डेभन कोनवे भने दुई रनमै आउट भए ।

बलिङमा केन रिचडर्सनले तीन, एडम जम्पा, झय रिचडर्सन र डानियल साम्सले एकरएक विकेट लिए ।

पाँच खेलको सिरिजमा न्यूजिल्याण्डले १(० को अग्रता बनाएको छ । पहिलो खेलमा न्यूजिल्याण्ड ५३ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय