ओलीलाई बिदा गर्न कानूनी झण्झट
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १८:४६:१९
१३ फागुन, काठामाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेसँगै प्रधानमन्त्री केपी ओलीलाई बिदा गरी नयाँ सरकार बनाउने पहल तीब्र पारिएपनि संवैधानिक जटिलता भने थपिएको छ । प्रधानमन्त्री ओलीले संसद फेस गर्ने तर राजीनामा नदिने रणनीति बनाएपछि नेकपाको आधिकारिकता विवादले परिस्थिति जेलिन थालेको हाे ।
ओलीले राजीनामा दिएको भए सरकार गठनको बाटो सहज हुन्थ्यो, तर संसद नै फेस गर्ने भनेकाले अब कसरी हटाउने भन्ने प्रकृयागत अन्योल थपिएको छ । राजनीतिक रुपमा विभाजित भएपनि कानूनी रुपमा भने नेकपा एउटै छ । निर्वाचन आयोगले ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक भनेको छ । यसले गर्दा अब संसदीय दलको बैठक राख्नेदेखि अविश्वास प्रस्ताव दर्ता गर्ने तहसम्मका सबै प्रकृया जटिल बनेका हुन् ।
ओलीले आफू नै पार्टी र संसदीय दलको आधिकारिक नेता भएको दाबी गरेकाले पनि धेरै प्रकृयाहरु उल्झनमा परेका छन् । जबसम्म नेकपाको आधिकारिकता सम्बन्धी मुद्धाको छिनोफानो हुँदैन तबसम्म नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकृयानै विवादित हुने देखिएको छ । यो कुरा बुझेरै ओलीले संसद फेस गर्छु भनेका हुन् ।
गौतम अहिले पनि पार्टी एकता कायम रहने भ्रममा रहेको बुझाई प्रचण्डको रहेको छ । ओलीसँग कुनैपनि हालतमा सहमति र सहकार्य हुन नसक्ने विन्दूमा आफूहरु रहेको जानकारी नभएरै होला, गौतम आएको प्रतिक्रिया प्रचण्डले निकटहरुलाई दिएका छन । उता, नेपाली कांग्रेस भने अझै परिस्थिति जटिल र पेचिलो रहेको भन्दै हतार नगर्ने पक्षमा रहेको देखिन्छ ।
उता, प्रतिनिधिसभा व्यूँतिने बित्तिकै हौसिएका प्रचण्ड र माधवकुमार नेपाल पक्ष अहिले पनि सरकार बनाउने अभियानमा अल्झिरहेका छन् । हिजो विहान उनीहरु चितवनबाट राजधानी आएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास पुगे । साथै, सत्ता साझेदारीका लागि उनीहरूले प्रस्ताव पनि गरेका छन् । तर देउवाले भने नेकपाको आधिकारिकतासम्बन्धी विवाद प्रष्ट नभएसम्म नेपाली कांग्रेस अगाडि नबढ्ने जानकारी दिएका थिए ।
यतिले नपुगेर प्रचण्ड–माधव समूह ओलीलाई जसरी पनि पदच्यूत गर्न भन्दै संसदमा रहेका दलका नेताहरुसँग हारगुहार गरिरहेका छन् । यसैक्रममा आज बिहान उनीहरुले जनता समाजवादी दलका नेताहरुसँग पेरिसडाँडामा भेटवार्ता गरेका छन् । जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी थिए । सहकार्यका लागि जसपाले मूलतः दुईवटा पूर्व शर्त राखेका थिए । जसमा संविधान संशोधन र रेशम चौधरीको रिहाई रहेका छन् । यसबारे फेरि छलफल गर्ने सहमति गरेर नेताहरु उठेका थिए ।
यति मात्र होइन, आज सखारै नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रचण्डसँग अन्तरंग कुरा गरेका छन् । उनले ओलीलाई सम्मानजनक रुपमा प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाकै नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् । गौतमको प्रस्ताव बकमफुसे भएपनि उनको मान राखिदिन अध्यक्ष कमरेडले प्रयास जारी राखौं भनेको प्रचण्ड निकट स्रोतले बताएको छ ।
ओलीले संसद फेस गर्दा कांग्रेस तटस्थ बस्न सक्यो भने अविश्वास प्रस्ताव पारित नहुने र यस्तो सरकारले संसद विघटन गरी मध्यावधि सिफारिश गर्न सक्ने वातावरण तयार होस् भन्ने भित्री इच्छा देउवाको रहेको छ । तर यो काम उनका लागि सहज भने छैन । जसले गर्दा ओली सरकार कहिले र कसरी विस्थापित हुने हो, त्यसै अनुमान गर्न गाह्रो भएको छ ।
गौतम अहिले पनि पार्टी एकता कायम रहने भ्रममा रहेको बुझाई प्रचण्डको रहेको छ । ओलीसँग कुनैपनि हालतमा सहमति र सहकार्य हुन नसक्ने विन्दूमा आफूहरु रहेको जानकारी नभएरै होला, गौतम आएको प्रतिक्रिया प्रचण्डले निकटहरुलाई दिएका छन । उता, नेपाली कांग्रेस भने अझै परिस्थिति जटिल र पेचिलो रहेको भन्दै हतार नगर्ने पक्षमा रहेको देखिन्छ । आज अपरान्ह ३ बजे सभापति निवास बुढानिलकण्ठमा पदाधिकारीहरुको बैठक बस्दै छ । बैठकमा समसामयिक परिस्थिति र भावी सरकारका बारेमा छलफल हुने बताइएको छ ।
नेकपा विभाजन भइनसकेको अवस्थामा नयाँ सरकार गठन गर्न आइपर्ने व्यवधानका सम्बन्धमा समेत छलफल गर्नुपर्ने अवस्था रहेको छ । ओलीप्रति अली नरम देखिएका देउवा अझैपनि उतै सहकार्य गर्ने पक्षमा छन् । तर पार्टीभित्र उनको धारणाले यसपाला भने मान्यता पाउन सहज छैन । देउवा त अझै पनि चुनावबाट मात्रै कांग्रेसलाई फाइदा पुग्ने पक्षमा छन् । पुनस्थापनाले कांग्रेसलाई अल्पकालिन फाइदा होला तर दीर्घकालिन फाइदाका लागि अहिले नै चुनाव हुनुपर्ने पक्षमा उनी छन् । किनभने तत्काल चुनाव हुँदा मात्रै नेकपा विभाजनको प्रभाव पर्न सक्छ, नत्र भोलि कतिबेला एकता हुने हो भन्न नसकिने उनी ठान्छन् ।
बामदेव जस्ता मानिस त्यही दाउ खोज्दै छन् । प्रचण्ड पनि कुनबेला कता पल्टिन्छन् भन्ने टुंगो हुँदैन । विगतमा देउवाले प्रचण्डसँग त्यत्रो भर परे , तर नराम्रो धोका पाएका हुन् । त्यसैले अहिले पनि प्रचण्डसँग देउवा तर्सिरहेका छन् । बरु ओलीसँगको सहमति भने आफूलाई फाइदाजनक हुने उनको बुझाइ रहेको छ ।
त्यसैले उनी अझैपनि ओली सरकार नै कायम रहोस् भन्ने चाहन्छन् । ओलीले संसद फेस गर्दा कांग्रेस तटस्थ बस्न सक्यो भने अविश्वास प्रस्ताव पारित नहुने र यस्तो सरकारले संसद विघटन गरी मध्यावधि सिफारिश गर्न सक्ने वातावरण तयार होस् भन्ने भित्री इच्छा देउवाको रहेको छ । तर यो काम उनका लागि सहज भने छैन । जसले गर्दा ओली सरकार कहिले र कसरी विस्थापित हुने हो, त्यसै अनुमान गर्न गाह्रो भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार