दश महिनादेखि श्रीलङ्काका कारागारमा २६ नेपाली महिला
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १९:९:१२
१३ फागुन, काठमाडाैं । श्रीलङ्काकाकाे कारागारमा विगत १० महिनादेखि २६ जना नेपाली महिला रहेका छन् । तर कारागारबाट तत्काल छुट्ने सम्भावना नरहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ। विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काकाको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलङ्काका प्रहरीले पक्राउ गरेको बीबीसी समाचारमा उल्लेख गरिएको छ ।
ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काकाली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको सामचारमा जनाइएको छ ।
नेपालका विभिन्न क्षेत्रका महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउनका लागि छिमेकी मुलुक भारतका पूर्वोत्तर राज्यका नाकाहरूको प्रयोग बढ्दै गएको छ। अवैध बाटो हुँदै खाडी मुलुकसम्म जानका लागि अहिले भारतका पूर्वोत्तर राज्यहरू मिजोरम तथा मणिपुरबाट सोझै म्यान्मार पुगिने र त्यहाँबाट विभिन्न खाडी मुलुकसम्म पुग्न सहज भएकाले उक्त ‘रूट’को प्रयोग अहिले बढ्दो क्रममा रहेको बीबीसीमा प्रकाशित समाचारमा जनाइएको छ ।
भारतको दिल्ली विमानस्थलमा खाडी मुलुक जानका लागि नेपाली महिलालाई विभिन्न कागजपत्र खोज्न थालिएपछि भारतको मुम्बई तथा चेन्नई हुँदै विभिन्न खाडी मुलुक जाने क्रम बढेको माइती नेपालका पदाधिकारीहरूले बताएका छन् । दिल्लीबाट खाडी मुलुक जान असहज भएपछि दक्षिण एशियाली मुलुकहरूमा जान सहज भएकाले श्रीलङ्का हुँदै नेपाली महिलालाई खाडी मुलुक पठाउने क्रम बढेको पाइएको हो ।
बन्दाबन्दीका बेला पनि नेपाली महिलाको उद्धार
गत असार ३० गते मात्र नेपालका २१ महिलालाई दिल्लीस्थित नेपाली दूतावासको पहलमा भारतीय राज्य मणिपुरबाट नेपाल ल्याइएको थियो।केही समय अघि दुई पटक गरेर श्रीलङ्काबाट १० जना नेपाली महिलालाई उद्धार गरेर नेपाल पठाइएको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ।
भारतका उत्तरपूर्वी राज्यहरू हुँदै म्यान्मारदेखि खाडी मुलुकसम्म जान मानव तस्करहरूले सोही बाटो विगतदेखि रोज्दै आएका छन्। केही वर्षदेखि श्रीलङ्का ट्रान्जिटको रूपमा विकसित हुँदै गरेको माइती नेपालले जनाएको छ। सन् २०१९ को मे महिनामा भारतको पूर्वोत्तर राज्य मिजोरमबाट उद्धार गरेर २३ जना महिलालाई नेपाल ल्याइएको थियो।
मिजोरम प्रहरीले पक्राउ गरी उनीहरूलाई नेपाल सरकारको जिम्मा लगाएको थियो। त्यसको करिब अढाई महिनाअघि पनि भारतकै मणिपुर राज्यबाट १४७ महिला तथा ४२ पुरुषलाई उद्धार गरी नेपाल ल्याइएको थियो।
भारत र श्रीलङ्काबाट ५२ महिलाको उद्धार
चालु आर्थिक बर्षमा भारत र श्रीलङ्काबाट उद्धार गरेर नेपाल ल्याइएका महिलाको सङ्ख्या ५२ रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले वैदेशिक रोजगारी जाँदा भारत र श्रीलङ्कामा नेपाली महिलाहरू विभिन्न प्रकारका दुःख पाएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको बताए ।
श्रीलङ्कामा रहेका २६ जना महिलाको अदालती प्रक्रिया सकिएलगत्तै सरकारले उनीहरूलाई नेपाल ल्याउने प्रवक्ता निरौलाले बताए । नेपाल-भारतबीच खुला सीमा रहेका कारण जुनसुकै बेला नेपाली महिलालाई प्रलोभन देखाएर अवैध बाटो हुँदै विदेश लैजाने सम्भावना हुने भएकाले हरेक परिवारका सदस्य सजग हुनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार