आइतबार , बैसाख ५, २०७८

घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरसहित दुईजना नियन्त्रणमा

घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरसहित दुईजना नियन्त्रणमा

१३ फागुन, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ सहित दुई जना रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको बताएको छ ।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय