बुधबार , बैसाख ८, २०७८

गंगुबाई काठियावाडीको टिजर सार्वजनिक

गंगुबाई काठियावाडीको टिजर सार्वजनिक

१३ फागुन, एजेन्सी । आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म गंगुबाई काठियावाडीको टिजर सार्वजनिक भएको छ। संजय लीला भंसालीद्वारा निर्देशित फिल्म सन् २०११ मा प्रकाशित हुसेन जैदीको पुस्तक माफिया क्विन्स अफ मुम्बईमा आधारित छ ।

आफ्नै पतिद्वारा बेचिएकी गंगुबाईको कथामा बनेको फिल्ममा गंगुबाई बेचिएपछि माफिया क्विन बन्दासम्मको यात्रा देखाइने छ। सार्वजनिक टिजरमा गंगुबाई शक्तिको रूपमा उदय भइसकेपछिका दृश्य राखिएको छ। फिल्म ३० जुलाईदेखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय