बाग्लुङमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार २०:३९:६
१३ फागुन, बलेवा । बाग्लुङमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको छ । गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेका हुन् ।
जिल्लाभर पाँच स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छन् । तीमध्ये सदरमुकामस्थित धौलागिरि अस्पतालमा सबैभन्दा बढी सुरक्षित गर्भपतन हुने गरेका छन् । सदरमुकाम र जिल्लाको सुदूरपश्चिममा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै अनिच्छित गर्भ रहेका महिला गर्भपतनका लागि पुग्ने गरेका छन् ।
चालू आर्थिक वर्षको हालसम्म धौलागिरि अस्पतालमा १६५ महिलाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ । अस्पतालका नर्सिङ निरीक्षक मिलन बडूवालले कोरोना भाइरसको महामारी फैलिनुभन्दा पहिले हरेक महिना ५० महिला गर्भपतनका लागि आउने गरेको भए पनि पछिल्लो समयमा भने ३०÷३५ जना मात्र आउने गरेको बताए । गत वर्ष अस्पतालबाट ६०० महिलाले गर्भपतन गराएका थिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चालू वर्षको हालसम्म ९९ महिलाले सुरक्षित गर्भपतन गराएको डा मिलन मल्लले जानकारी दिए । बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन बुर्तिबाङमै गराए पनि त्यो भन्दा माथिको लागि धौलागिरि अस्पताल बागलुङमा रिफर गर्ने गरेको उनले बताए ।
गर्भपतन गराउन आउने महिलाको सम्पूर्ण स्वास्थ्य जाँच गरी पाठेघर, बच्चाको अवस्था र गर्भवती महिलालाई जोखिमको अवस्था अध्यायन गरेर मात्र गर्भपतन गराउने गरेको उनको भनाइ छ । गर्भपतन गराउनेको परिचय सुरक्षित रहने भएकाले पनि इच्छा विपरितको गर्भपतन गर्न आउनेको सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समय शिक्षाको पहुँच र जनचेतनाका कार्यक्रमले गर्दा सन्तानको रहर पुगेका तर स्थायी बन्ध्याकरण नगराएका दम्पति गर्भपतनका लागि धेरै आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार