शुक्रबार , बैसाख १०, २०७८

साताको अन्तिम दिन सुनको मूल्य तोलामा कति ?

साताको अन्तिम दिन सुनको मूल्य तोलामा कति ?

१३ फागुन, काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य तोलामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ थियो ।

साप्ताहिक कारोबारको पहिलो दिन ‘फागुन ९ गते, आइतबार’ बढेको सुनको मूल्य त्यसपछि सोमबार यथावत रह्यो भने मंगलबार बढेको थियो । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य ९० हजार १ सय रुपैयाँ प्रतितोला पुगेको थियो ।

मंगलबार ९० हजारको आंकडा पार गरेको सु्नको मूल्य बुधबार भने पुनः ओरालो लाग्यो । बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय