आइतबार , बैसाख ५, २०७८

सौर्य तारबारको मर्मत नहुँदा हात्ती गाउँ पस्न थाले

सौर्य तारबारको मर्मत नहुँदा हात्ती गाउँ पस्न थाले

१३ फागुन,झापा । दक्षिण जलथल क्षेत्रका रैथानी जङ्गली हात्ती नियन्त्रणका लागि बनाइएको सौर्य तारबारको मर्मतसम्भार नहुँदा हात्ती गाउँ पस्न थालेको स्थानीयवासीको गुनासो छ । प्राकृतिक संरक्षण कोष र सरकारको सहकार्यमा कचनकवल, हल्दिबारी, बाह्दशी र भद्रपुरको दक्षिण क्षेत्रसम्म ३७ किलोमिटरमा विद्युतीय तारबार जडान गरिएको तर तारबारको मर्मत सम्भार नहुँदा करेन्ट प्रवाह नै नभएका कारण हात्ती गाउँ पसेर दुःख दिन थालेको स्थानीको गुनासो हो ।

भद्रपुर नगर वन महासङ्घका अध्यक्ष चन्द्र तामाङले तारबार गरिएको क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण नगरेको र कोष आफैँले समेत मर्मत सम्भारमा चासो नदिँदा समस्या भएको बताउछन् । सौर्य ब्याट्री ‘ड्यामेज’ भएको, पोल ढलेका कारण करेन्ट प्रवाह नहुँदा हात्ती घेराबारा नै भत्काएर गाउँमा पस्न थालेको उनको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

‘‘काम चाहीँ गर्ने तर मर्मतसम्भार नगर्ने हो भने यस्ता तारबारको काम छैन”, उनले भने, ‘‘कि तत्काल समुदायलाई हस्तान्तरण गर्नुप¥यो कि कोष आफैँले मर्मतको काम गर्नुप¥यो ।” उनले जलथलका २२ वटै सामुदायिक वनको वरिपरि सौर्य घेराबार गर्ने भनिए पनि अझै विशाल सामुदायिक वनदेखि कालीमन्दिर सामुदायिक वनसम्मको करीब १० किलोमिटर भन्दा बढी स्थानमा काम नै शुरु नभएको गुनासो गरेका छन् ।

डिभिजन वन कार्यालय झापाका अधिकृत ओम भट्टराईले यस विषयमा कार्यालयले केही गर्न नसक्ने बताएका छन् । उनले भने, “प्राकृतिक संरक्षण कोष आफैँले काम गरिरहेको छ, हामीले त समन्वय गर्ने काम मात्र गर्छौँ । यसको मर्मतसम्भार गर्ने काम स्थानीय र कोषकै हो ।”

प्राकृतिक संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले सौर्य तारबार मर्मत सम्भारका काम चार दिन अघिदेखि भइरहेको बताएका छन् । उनले सामुदायिक वन र स्थानीयले अपनत्व नलिइएका कारण समस्या आएको बताएका छन् । तारबार गरिएका क्षेत्रमा सरसफाइ नभएको, रुख ढाल्दा तार कुच्चिएको र पोल लड्दासमेत कतिपय सामुदायिक वन र समुदायले चासो नदिएको गुनासो गरे ।

अधिकृत गौतमले बाँकी रहेका स्थानमा आर्थिक वर्ष २०७६र७७ मै विद्युतीय तारबार गर्ने भनिए पनि कोभिड–१९ का कारण गर्न नसकिएको बताएका छन् । तारबार नभएको क्षेत्रको सर्भेकार्य सकिएको जानकारी दिँदै उनले कोषले तत्काल बोलपत्रको प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय