बिहिबार , बैसाख २, २०७८

सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द गरियो

सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द गरियो

१३ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो ।

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिनुभयो । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बित्दा तीन किमी सुरुङ पार भएको जनाइएको छ ।

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । पानी आएपछि यहाँ निर्माण भएका साढे आठ करोड लिटरका दुई वटा प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरणका लागि पठाउने तयारी छ । दुवै केन्द्रको कामसमेत सम्पन्न भइसकेको छ । ती केन्द्रमा वाग्मतीको पानी हालेर सामान्य परीक्षणसमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सोमवार सुनको मूल्यमा गिरावट सोमवार सुनको मूल्यमा गिरावट ३ हप्ता पहिले
सभापति देउवाद्वारा भण्डारीको निधनप्रति दुख व्यक्त सभापति देउवाद्वारा भण्डारीको निधनप्रति दुख व्यक्त २ हप्ता पहिले
आईपीएलः सुरुवात म्याचमा च्याम्पिएन मुम्बई र आरसीबीको सम्भावित प्लेइङ–११ आईपीएलः सुरुवात म्याचमा च्याम्पिएन मुम्बई र आरसीबीको सम्भावित प्लेइङ–११ २ हप्ता पहिले
महामारीविरूद्ध संघर्ष गर्न विश्वव्यापी सन्धिको आवश्यकता महामारीविरूद्ध संघर्ष गर्न विश्वव्यापी सन्धिको आवश्यकता २ हप्ता पहिले
काभ्रेमा मिर्गौला तस्करी घट्दो काभ्रेमा मिर्गौला तस्करी घट्दो २ हप्ता पहिले
सूर्योदय र सारथी नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन सूर्योदय र सारथी नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन २ हप्ता पहिले
प्रतिनिधिसभा बैठक : सदनलाई प्रभावकारी बनाउन सांसदको माग प्रतिनिधिसभा बैठक : सदनलाई प्रभावकारी बनाउन सांसदको माग १ हप्ता पहिले
आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले जितिन् सर्वोत्कृष्ट डिजाइनरको उपाधि आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले जितिन् सर्वोत्कृष्ट डिजाइनरको उपाधि २ हप्ता पहिले