अदालतबाट कैद सजाय पाएर फरार व्यक्ति पक्राउ
नेपालबहस संवाददाता
फागुन १३, २०७७ शुक्रबार १:२८:२१
१३ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइवी’को टोलीले अदालतबाट कैद सजाय पाएर फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै मुद्दामा उच्च अदालत पाटनको गत मंसिरको फैसलाले ३५ दिन कैद र रू ५६ लाख जरिवाना हुने ठहर भई फरार रहेका काठमाडौँको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्युरोबाट परिचालित टोलीले उनलाई आज ललितपुरको झम्सीखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाएको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।
उनले विसं २०७५ मा आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने थाहा हुँदाहुँदै आफ्ना नाममा रहेको लक्ष्मी बैंकको खाताबाट रकम भुक्तानका लागि चेक काटी बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । अदालतबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ ‘ग’ बमोजिमको कसूरमा दफा १५’१’ बमोजिम फैसला भएलगत्तै उनी फरार हुँदै आएका थिए ।
यसैबीच ब्युरोले वैदेशिक रोजगारसम्बन्धी कसूरमा सर्बोच्च अदालतको विसं २०६९ को फैसलाले एक वर्ष छ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएका सप्तरी घर भई ललितपुर बस्दै आएका रामकुमार शाहलाई पक्राउ गरेको छ ।
उनले ढुण्डीराज पोखरेलका नाममा अख्तियारको कर्मचारी भएको भनी झुटो विवरण देखाएर नक्कली गतिविधिसमेत गरेका थिए । उनलाई अदालतको आदेशले कारागार चलान गरिएको ब्युरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार