निगमको थानकोट डिपोमा अब रहेन सुरक्षा चुनौती
नेपालबहस संवाददाता
फागुन १३, २०७७ शुक्रबार १:५७:५७
१३ फागुन, काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपोमा ट्यांकर व्यवस्थापन, पार्किङलगायत पूर्वाधारका क्षेत्रमा तीव्ररुपमा सुधार भइरहेको छ । विगतमा मुख्य सडकबाट डिपोमा छिर्ने सडकभरी ट्यांकरको अव्यवस्थित पार्किङ र डिपोमा जाने बाटो धुलाम्मे हुने हुँदा स्थानीयवासीसमेत डिपोका कारण प्रभावित बनेका थिए । अहिले स्थिति फेरिएको छ ।
एक वर्ष अघि सो डिपोको प्रमुख भएका प्रदीपकुमार यादवका अनुसार यहाँ अहिले वरिपरी पक्की पर्खाल बनाइएर सुरक्षा चुनौतीको खतरा हुने स्थितिको अन्त्य गराइएको छ । दैनिक करिब छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलको सप्लाइ हुने यस डिपोलाई सामान्य तारबारले घेरिँदा असुरक्षा हुँदै आएकामा अहिले व्यवस्थित तुल्याइएको छ ।
नेपाल–भारत पेट्रोलियम पाइप विस्तारका समयमा अमलेखगञ्ज डिपोका प्रमुख भई परियोजना सफल बनाउन भूमिका निर्वाह गरेका यादव थानकोटको जिम्मेवारीमा आएपछि सुधारका कामले गति लिएको निगमले जनाएको छ । हाल निगमको स्वामित्वमा डिपोमा रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर तीन सय ट्यांकर अट्नसक्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित शौचालय र बाथरुमको व्यवस्था गरिएको छ, यसले गर्दा अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ ।
तेलको आपूर्तिमा भइरहको ढिलाइ अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर बनाइएको डिपो प्रमुख यादवले बताए ।
विसं। २०५५ सालमा निर्माण भएको सो डिपो २०५७ सालदेखि सञ्चालनमा आएको हो । डिपोमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ । नौ वटा भर्टिकल ट्यांकी र पाँच वटा अन्डरग्राउन्ड ट्यांकीमा सो परिमाणमा भण्डारण क्षमता भएको हो । त्यसमध्ये यो डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेलको खपत हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार