शुक्रबार , बैसाख १०, २०७८

कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुन्छ : मन्त्री अर्याल

कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुन्छ : मन्त्री अर्याल

१३ फागुन, लमजुङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायको अत्याधुनिक कृषि प्रविधि पु¥याइने बताइन । लमजुङको बेँसीशहर नगरपालिका–२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको आज अवलोकन गर्दै मन्त्री अर्यालले सो जानकारी दिइन ।

उनले भनिन, “विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पु¥याउन सके देश समृद्धितर्फ अघि बढ्नेछ । कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुनेमा हामी स्पष्ट छौँ ।” व्यावसायिक कृषि, आधुनिकरण र यान्त्रिकीरण भए मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुँदै देश समृद्ध हुने मन्त्री अर्यालको भनाई छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपालका लागि इजरायलका राजदूत खनान गोडरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले अत्याधुनिक प्रविधिको उपयोगकै कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताइन । उनले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताइन ।

सो मन्त्रालयका सचिव डा.योगेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललगायतले युवा शक्तिमा चासो र लगनशिलताका साथ कृषि पेशामा लागेमा मुलुक कृषिमा फड्को मार्न सक्ने जनाए ।

नेपाली सेनाको कल्याणकारी कोषले नमूना परियोजनाका रुपमा शुरु गरेको यस तालीम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाई सञ्चालन गर्ने लक्ष्य राखेको यो तालीम केन्द्र ३६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई आधुनिक कृषि तालीम दिने लक्ष्य लिएको यो तालीम केन्द्रमा पनि इजरायलको प्रविधि भित्र्याइने भएको छ । यहाँ करिब रु १५ करोड बढी लागतमा यस तालीमको भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मलेसियामाथि नेपालको फराकिलो जित, शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश मलेसियामाथि नेपालको फराकिलो जित, शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश १८ घण्टा पहिले
भारतमा संक्रमणमा दैनिक नयाँ रेकर्ड, दिल्लीमा मात्रै १३ हजारको मृत्यु भारतमा संक्रमणमा दैनिक नयाँ रेकर्ड, दिल्लीमा मात्रै १३ हजारको मृत्यु ४ घण्टा पहिले
बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन बीमा समितिको निर्देशन, सजगता अपनाउन आग्रह बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन बीमा समितिको निर्देशन, सजगता अपनाउन आग्रह १९ घण्टा पहिले
भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २ हजारको मृत्यु भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २ हजारको मृत्यु २३ घण्टा पहिले
बैठकस्थल छोड्न नेपाल समूहलाई प्रहरीको दबाब बैठकस्थल छोड्न नेपाल समूहलाई प्रहरीको दबाब २२ घण्टा पहिले
स्पष्टिकरण सोधिएका सांसदलाई कारवाहीको निर्णय लिदै ओली स्पष्टिकरण सोधिएका सांसदलाई कारवाहीको निर्णय लिदै ओली ३ घण्टा पहिले
४२ करोडको लागतमा पाँच पुल निर्माण हुँदै ४२ करोडको लागतमा पाँच पुल निर्माण हुँदै १९ घण्टा पहिले
६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार ६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार २१ घण्टा पहिले