
१३ फाागुन, काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्ने विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दा लागेकाे छ । सपना रोका मगरलाई धम्की दिने बस्नेतविरुद्ध साइबर अपराधको मुद्दा लागेकाे हाे।
बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा प्रहरीले काठमाडौंको गोंगबुस्थित बसपार्कबाट उनलाई ४ फागुनमा पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बस्नेत केही बताएनन् । उनीविरुद्ध बिहीबार साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत, काठमाडौंले कार्कीविरुद्ध अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो । प्रहरीका अनुसार अनुसन्धानमा विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।
बस्नेतले केही युट्युब च्यालनमा अन्तर्वार्ता दिँदै ‘मेरो मोबाइलमा सपनामा नग्न तस्वीरहरू छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए । बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।
प्रतिक्रिया