शनिबार , जेठ १, २०७८

इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतको सानदार जित

इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतको सानदार जित

१३ फागुन, एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन बिहीबार भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो । जितसँगै भारतले ४ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षतिमा पुरा गर्यो ।

भारतका लागि दोस्रो इनिङ्स रोहित शर्माले अविजित रहदै २५ रन बनाए । यस्तै शुबमन गिलले अविजित १५ रन जोडे । यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रन बनाए । कप्तान जोय रुटले १९ रन जोड्दा ओली पोपले १२ रन बनाए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भारतका अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ४ विकेट लिए । त्यसअघि भारत पहिलो इनिङ्समा १ सय ४५ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि रोहित शर्माले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले २७ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा आउट भए ।

varat

सुबमन गिल ११ रनमा आउट हुँदा इशान्त शर्मा १० रनमा अविजित रहे । भारतलाई सस्तैमा समेट्न इंग्ल्यान्डका जोय रुटले ८ रन खर्चिएर ५ विकेट लिए । ज्याक लिचले ४ विकेट लिए । इंग्ल्यान्ड पहिलो इनिङ्समा १ सय १२ रन जोड्दा अलआउट भएको थियो । इंग्ल्यान्डका लागि जाक क्रलेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

varat 1

कप्तान जोय रुटले १७ रन जोड्दा बेन फोकेसले १२ र जोफ्रा आर्चरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भारतका अक्षर पटेलले ६ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।

varat 4

varat 3

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय