नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १३:७:३
१४ फागुन, बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण, सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको छ ।
नेपालका तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह, भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी, भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि अघिल्लो वर्षको फागुनमा बसेको समन्वय समितिको बैठक हरेक तीन–तीन महिनामा बैठक बस्ने निर्णय भएको भए पनि कोरोना कहरले एक वर्षपछि बैठक बसेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार