बुधबार , बैसाख ८, २०७८

महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ?

महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ?

१४ फागुन, काठमाडौं । महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आज बिहान ८ बजे बाँडफाँड गर्ने जनाएको छ।

लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो ।

आईपीओ नतिजा कहाँबाट हेर्न मिल्छ ?

आइपीओको नतिजा ३ ठाउँबाट मात्रै हेर्न सकिन्छ । पहिलो सम्बन्धित कम्पनीको वेवसाइट, दोस्रो बिक्री प्रबन्धक र तेस्रो मेरो शेयरको वेवसाइटबाट मात्रै नतिजा हेर्न पाइनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय