जडीबुटी खेती मेन्था किसानको रोजाइ
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १३:३८:४६
१४ फागुन, टीकापुर । कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएका छन् ।
गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान रमेश चौधरीले यस वर्ष १० कठ्ठामा खेती गर्ने तयारी थालेकाे छ । “दुई बाली खेती भित्र्याएपछि खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो । यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ”, रमेशले भने ।
रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भइरहेको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्बासेले बताए । “यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन”, बेल्बासे भन्छन्, “मेन्था खेती गाईवस्तुले पनि नोक्सान गर्दैनन् । यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ । जडीबुटी खेती गरेमा फाइदा धेरै छन् ।”
गत वर्ष पनि यस क्षेत्रमा ३० हेक्टर जमिनमा मेन्था खेती भएको थियो । मेन्था खेतीका लागि अहिलेसम्म २६ हेक्टर जमिनका लागि १४३ किसानले साढे तीन टन मेन्थाको सकर लगिसकेको उहाँको भनाइ छ । “प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेका छन्”, बेल्बासे भन्छन्, “माघदेखि चैतको पहिलो सातासम्म रोप्न सकिने भएकाले दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ, यस वर्ष खेती बढ्ने अनुमान गरेका छौँ ।”
प्रतिकठ्ठा छ देखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसका लागि जडीबुटी कार्यालयले किसानलाई बिनालगानी सहुलियतरूपमा मेन्थाको सकर दिने गरेको छ । यसबाट सहजरूपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको उनले बताए ।
विसं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै आएकोे जडीबुटी प्रशोधन केन्द्र टीकापुरले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गरे मेन्था उत्पादन वृद्धि हुने किसानको भनाइ छ । “यसरी जडीबुटीमा लागेका किसानलाई स्थानीय सरकार र प्रशोधन केन्द्रले अनुदान, प्राविधिक सहयोग बढाउन आवश्यक छ”, किसान लक्ष्मी चौधरीले भने, “किसानलाई सघाउने कार्यक्रम भए धेरै लाभ लिन सकिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
चैत २९, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार