बिहिबार , बैसाख २, २०७८

प्रोत्साहन अभियानले दुई वर्ष बाँझो रहेको जग्गा खेतीयोग्य बन्दै

प्रोत्साहन अभियानले दुई वर्ष बाँझो रहेको जग्गा खेतीयोग्य बन्दै

वालिङ, १४ फागुन । स्याङ्जाको फेदीखोला गाउँपालिकाले लगातार दुई वर्ष बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने अभियान चलाएसँगै बाँझो जग्गा खेतीयोग्य बन्दै गएको छ । गाउँपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएपछि लामो समयदेखि बाँझो रहेका जग्गामा पुनः खेतीपाती शुरु भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

गाउँपालिकाभित्र दुई वर्षदेखि बाँझो रहेका खेतीयोग्य जमिनमा कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने, उत्पादन वृद्धिसँगै आत्मनिर्भरता बढ्ने, किनेर खानेभन्दा पनि बिक्री वितरण गरेर खाने बानीको विकास हुनुका साथै विशेषगरी आयात प्रतिस्थापन गरी आत्मनिर्भरतामा जोड दिने मुख्य उद्देश्यले गत वर्षको बन्दाबन्दीका समयबाट अभियानलाई कार्यान्वयनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“गत आर्थिक वर्षमा एक हजार ७३४ रोपनी बाँझो रहेको जग्गामा कृषिजन्य वस्तुको उत्पादन गरिएको थियो”, अध्यक्ष सुवेदीले भने, “गत आवमा उक्त अभियानमा ३३४ कृषक सहभागी भएको थियो भने रु छ करोडभन्दा बढीको कृषिजन्य वस्तुको उत्पादन भएको थियो ।”

गाउँपालिकाले चालु आवका लागि पनि प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । प्रोत्साहन रकम प्राप्त गर्नका लागि लगातार दुई वर्षसम्म बाँझो रहेको जग्गामा खेती गर्ने किसानले सम्बन्धित वडाबाट प्राप्त हुने फारम, खेती गर्ने जग्गाको लालपुर्जा, लिजमा लिएको भए सम्झौता र वडाको सिफारिस आवश्यक पर्ने अध्यक्ष सुवेदीले बताए ।

गत आवमा प्रोत्साहन रकम पाएको जग्गामा पुनः खेती गरेमा रकम दिइने छैन । प्रोत्साहन रकम प्राप्त गर्न गत वर्ष प्रोत्साहन प्राप्त गरेको व्यक्तिले भने दुई वर्षअघिदेखिको बाँझो जग्गामा खेती गरेमा उक्त रकम प्राप्त गर्न सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आफ्नै जग्गामा खेती गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार र भाडामा लिएर खेती गर्नेलाई प्रतिरोपनी रु दुई हजार ५०० का दरले अनुदान रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए।

उनका अनुसार धानका लागि न्यूनतम दुई रोपनी, कोदोका लागि न्यूनतम एक रोपनी र दलहन वा तरकारीका लागि न्यूनतम एक रोपनी जग्गाको क्षेत्रफल हुनैपर्ने प्रावधान राखिएको छ । कार्यविधिअनुसार भए/नभएको र अनुदान दिन आवश्यक रहे÷नरहेको छानबिन अनुगमन समितिले गर्ने र प्रक्रियाबमोजिम आएका किसानलाई अनुदान उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका पाँच वडाभित्र झण्डै छ हजार रोपनी जग्गा बाँझो रहेकामा गत आवमा एक हजार ७३४ रोपनी जग्गामा खेती भइसकेको छ । चालु आवमा पनि यस अभियानमा किसानको उत्साहजनक सहभागिता रहने दाबी गाउँपालिकाका अध्यक्ष सुवेदीको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माडीको अयोध्यामा राखिने मुर्ति प्रधानमन्त्री निवास बालुवाटारमा माडीको अयोध्यामा राखिने मुर्ति प्रधानमन्त्री निवास बालुवाटारमा १ दिन पहिले
लोकसेवा आयोगले माग्यो ४०० बढी कर्मचारी लोकसेवा आयोगले माग्यो ४०० बढी कर्मचारी १ हप्ता पहिले
विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रर्वद्धनमा जोड विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रर्वद्धनमा जोड ३ हप्ता पहिले
नेप्सेमा ३ कम्पनीको १९ लाख कित्ता बोनस शेयर सूचिकृत नेप्सेमा ३ कम्पनीको १९ लाख कित्ता बोनस शेयर सूचिकृत २ हप्ता पहिले
नेप्सेले निफ्रासँग माग्यो स्पष्टिकरण, कारण यस्तो ? नेप्सेले निफ्रासँग माग्यो स्पष्टिकरण, कारण यस्तो ? ४ हप्ता पहिले
ओखलढुंगाकाे जङ्गलमा आगलागी, दमकल जान नसकेपछि स्याउलाले निभाउने प्रयास ओखलढुंगाकाे जङ्गलमा आगलागी, दमकल जान नसकेपछि स्याउलाले निभाउने प्रयास ४ हप्ता पहिले
पाल्पाबाट लागुऔषधसहित एक जना नियन्त्रणमा पाल्पाबाट लागुऔषधसहित एक जना नियन्त्रणमा २ हप्ता पहिले
ओलीलाई नेपालको जवाफ, प्रचण्ड पार्टी एकता किन गरेको जबजलाई छाड्ने कागजमा किन हस्ताक्षर गरेको ? ओलीलाई नेपालको जवाफ, प्रचण्ड पार्टी एकता किन गरेको जबजलाई छाड्ने कागजमा किन हस्ताक्षर गरेको ? ३ हप्ता पहिले