शनिबार , जेठ १, २०७८

कलाकार पल शाहविरुद्ध धरान प्रहरी कार्यालयमा उजुरी

कलाकार पल शाहविरुद्ध धरान प्रहरी कार्यालयमा उजुरी

१४ फागुन, काठमाडौं । कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् । म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ ।

प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको प्रधानले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनका अनुसार धरानको एक होटलमा खाना खाने बेलामा विवाद उत्पन्न भएको थियो । पललाई एक कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो तर उनी जान नमानेपछि त्यहीँ विवाद सिर्जना भएको थियो ।

उजुरी परेपछि प्रहरीले शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय