दक्षिणकालीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १५:५२:२०
१३ फागुन, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् ।
हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा लुम्बाको गएराति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ । यसैगरी बर्दियाको बाँसगढी नगरपालिका ३ लखना बेलुवामा ट्याक्टरको ट्रलीबाट खसेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
हिजो साँझ साढे ५ बजे भे १ त ७५०७ नम्बरको ट्याक्टरको ट्रली खसेर स्थानीय ४५ वर्षीय लाल बहादुर थारुको मृत्यु भएको हो । ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार