अनुदानको रकम लिन नक्कली किसान बन्नेको होडबाजी
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १६:२०:७
१४ फागुन,वीरगञ्ज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्सामा रहेको परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन)ले किसानहरुलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान रकम दिन थालेपछि सो रकम हत्याउन नक्कली किसानहरुमा होडबाजी चलेको छ ।
कार्यालयले तरकारी जोनअन्तर्गत पर्साको पोखरीया नगरपालिका वडा नं २, ३, ४ र ७, बहुदरमाई नगरपालिका वडा नं १, ५, ६, ७ र ९, कालिकामाई गाउँपालिका–१ र जगरनाथपुर गाउँपालिका–५ मा सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमअन्तर्गत तरकारी खेती गर्ने किसानहरुलाई ५० प्रतिशत अनुदान रकम दिन थालेपछि उक्त गाउँका केही मानिस नक्कली किसान बनेर उक्त रकम हत्याउन फर्जी प्रस्ताव दिने गरेको कार्यालयले जनाएको छ ।
सरकारले दिएको अनुदान रकम हत्याउन कतिपय स्थानीयवासीले नक्कली किसान समूह गठन गरी फर्जी प्रस्ताव दिने गरेको स्वीकार्दै कार्यालयका परियोजना प्रमुख रोशन अधिकारीले बताए । ती चार पालिकामा ७८ किसान समूह र ७५ निजी उद्यमीहरु रहेका छन् । समूहमा आबद्ध किसानलाई अनुदानको रकम दिनुभन्दा अगावै सो ठाउँको स्थलगत अनुगमन, जग्गाको लालपुर्जालगायतका आवश्यक कागजात भएमात्र उक्त अनुदानको रकम दिनुपर्ने कानूनी व्यवस्था छ । सो अनुदानको रकम हत्याउन स्थानीवासीले नक्कली किसान समूह खडा गरी फर्जी प्रस्ताव दिने गरेकाले वास्तविक किसानलाई समस्या पर्ने गरेको कार्यालयले जनाएको छ ।
प्राथमिकतामा परेका उक्त पालिकाहरुमा सात बालीमध्ये पाँच बालीको छनोट प्रक्रिया सम्बन्धमा कार्यालयले यो वर्ष तरकारी बालीको कार्यक्रम राखेको छ । आगामी वर्षदेखि सोको क्षेत्रफल र कार्यक्रम बढाउँदै जाने कार्यालयले नीति लिएको छ । कार्यक्रम लागू भएका पालिकाहरुमा किसानहरुले तरकारी खेती गरी थप आर्थिक लाभ लिन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार