शुक्रबार , बैसाख १०, २०७८

इन्भेष्टमेन्ट बैंक ३५ औं वर्षमा, ८७ शाखामार्फत सेवा प्रदान

इन्भेष्टमेन्ट बैंक ३५ औं वर्षमा, ८७ शाखामार्फत सेवा प्रदान

१३ फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाकालको ३५ औं वर्ष पूरा गरेको छ । बैंकले उक्त अवधिमा ग्राहकहरुको निरन्तर विश्वास प्राप्त गरी व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको जनाएको छ ।

हाल देशभर बैंकको नेपाल इन्भेस्टमेन्ट बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउन सफल भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

35 years 100cc 4x25 1

बैंकले आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १ अर्ब ५८ करोड ६६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । त्यस्तै, बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ। सोही अवधिमा २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ खुद ब्याज मुनाफा गरेको हो।

बैंकले आगामी दिनमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोल्दै ग्राहक संजाललाई थप विस्तार गर्ने लक्ष्य लिएको छ ।

nibl 35th anniversary banner for screen 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय