शुक्रबार , बैसाख १०, २०७८

लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

१३ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको व्यवस्थापन तथा UNOPS को सहयोगमा सोही निर्देशनालयमा संचालित ‘लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले समाज परिवर्तनका लागि न्याय दिने कुरामा प्रहरीको व्यवसायिकता, निष्पक्षता एवं व्यवहारिकताले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । संगठनले जुन उद्देश्यको लागि तालिम दिएको हो प्रशिक्षार्थीहरूले त्यो सबै मनन गरी तालिममा प्राप्त गरेको ज्ञान र सीपलाई तल्लो तह एवं नागरिक समक्ष पुर्‍याएर संगठनको छवि उच्च राख्न अनिवार्य पहल गर्नुपर्नेमा उनले जोड दिए ।

UNOPS का Acting Country Director कोमल कार्कीले मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियारले धन्यवाद ज्ञापन गरे ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक दिप्ती कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत तथा प्रहरी नायव उपरीक्षक मिम बहादुर लामाले प्रशिक्षार्थीको तर्फबाट मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहाल र प्रहरी निरीक्षक कृष्ण बस्यालले प्रस्तुतीकरण गरे

कूल १० दिन कार्यावधीको उक्त तालिममा प्रहरी नायव उपरीक्षक ७ जना र प्रहरी निरीक्षक १८ जना गरी २५ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय