शुक्रबार , बैसाख १०, २०७८

दुई महिलालाई टर्की पुर्‍याई बेचबिखन गर्ने २ जना पक्राउ

दुई महिलालाई टर्की पुर्‍याई बेचबिखन गर्ने २ जना पक्राउ

१४ फागुन, काठमाडौं । दुई महिलालाई टर्की पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने गोरखा गोरखा नगरपालिका-१ घर भएका जिवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४ घर भएकी पूर्णिमा सिर्पाली बस्नेत रहेका छन् ।

भट्टलाई काठमाडौं सोल्टीमोडबाट मंगलबार र बस्नेतलाई काठमाडौं माईतीघरबाट बुधबार मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको प्रहरीले पक्राउ गरेको हो । बस्नेतले पीडितहरुलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई १० लाख रुपैंया लिए पश्चात् सम्पर्क बिहिन भएको र केही समय पश्चात सम्पर्कमा आएपछि पीडितहरुले विदेश जाँदैनौ भन्दै पैसा फिर्ता माग्दा नदिई टिकट लगायतका कागजातहरु बापत ५३ हजार रुपैंया लिई गत असोज २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाईन्सद्वारा टर्की पुर्‍याएकी थिइन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

टर्कीमा बस्नेतको बुवाले काममा लगाई दिन्छु भनि आश्वासन दिई ३ हप्‍ता आफ्नै कोठामा राखेपछि पीडित छोरी नेपाल फिर्ता हुन्छु भन्दा नेपाल फर्कन नदिई पीडितमध्ये आमालाई ग्रीस पठाईदिन्छु भनी कोठामै बन्धक बनाई राखेको र छोरीलाई टर्कीको बोर्डरमा पुर्‍याई २ हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गरेको थाहा पाई दूताबासको समन्वयमा छोरी गत मंसिर ८ गते र आमा गत पुस २६ गते नेपाल फर्किए पश्‍चात उनीहरुले दिएको जाहेरीको आधारमा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रथम कालिका गोल्डकप चैत २१ देखि प्रथम कालिका गोल्डकप चैत २१ देखि ४ हप्ता पहिले
कोरोनाको महामारी नेपालमा चाँडै नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास कोरोनाको महामारी नेपालमा चाँडै नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास १ हप्ता पहिले
काठमाडौंमा घरका धारामा मेलम्चीको पानी काठमाडौंमा घरका धारामा मेलम्चीको पानी ४ हप्ता पहिले
सिंगटी हाइड्रोको आईपीओ अर्को साता नेप्सेमा सूचीकृत हुने, कति पाउला ओपनिङ्ग रेञ्ज ? सिंगटी हाइड्रोको आईपीओ अर्को साता नेप्सेमा सूचीकृत हुने, कति पाउला ओपनिङ्ग रेञ्ज ? १ दिन पहिले
आज पनि बागमती प्रदेशसभा बैठक अवरुद्ध आज पनि बागमती प्रदेशसभा बैठक अवरुद्ध २ हप्ता पहिले
बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ योजना बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ योजना ३ हप्ता पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा १ हप्ता पहिले
नेपालगञ्जमा प्रभावकारी बन्दै बन्दाबन्दी नेपालगञ्जमा प्रभावकारी बन्दै बन्दाबन्दी १८ घण्टा पहिले