शुक्रबार , बैसाख १०, २०७८

विद्यालयको आफ्नै छात्रावास भवन बन्ने

विद्यालयको आफ्नै छात्रावास भवन बन्ने

१४ फागुन, डोटी । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्मपब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको चारकोठे छात्रावास भवन बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको रु ४० लाख बजेटमा छात्रावास भवन बन्न लागेको हो ।

सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले भवन शिलान्यास गर्दै सुदूरपश्चिम क्षेत्रको सामाजिक, धार्मिकलगायत विकासका लागि प्रदेश सरकार अग्रसर रहेको बताए । छात्रावास नहुँदा विद्यार्थीलाई समस्या भएपछि सुदूरपश्चिम सरकारले छात्रावासका लागि बजेट विनियोजन गरेको विद्यालयका प्राचार्य गीता जोशीले बताइन् । सो भवनमा दुईदुई कोठाका दुई पक्की शौचालयसमेत निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज जोशीले जानकारी दिए । बिहीबार शिलान्यास गरिएको भवन निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विसं २०४० स्थापित महिला छात्रावासमा २० छात्रा राख्ने गरिएको छ जहाँ सेती अञ्चलका पहाडी जिल्ला डोटी, बझाङ, बाजुरा र अछामका पाँचपाँच छात्रा निःशुल्क रुपमा बस्दै आएका छन् । छात्रावासमा विगत वर्षमा कक्षा ६ देखि १० सम्मका छात्रालाई राखिन्थ्यो । पछिल्लो समय कक्षा ९ र १० का छात्रालाई पनि राख्ने गरिएकामा हाल कक्षा ९ देखि १२ का माध्यमिक तहका छात्रालाई राख्ने गरिएको जिल्लाको पुरानो विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन बीमा समितिको निर्देशन, सजगता अपनाउन आग्रह बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन बीमा समितिको निर्देशन, सजगता अपनाउन आग्रह १९ घण्टा पहिले
बुर्किना फासोमा आतङ्ककारी हमला, चार सैनिककाे मृत्यु बुर्किना फासोमा आतङ्ककारी हमला, चार सैनिककाे मृत्यु २३ घण्टा पहिले
शेयरबजारमा निफ्रा, मेगा र एनसीसी बैंकको शेयरमा करिब १७ लाख बढी कित्ता माग, कुनको कति ? शेयरबजारमा निफ्रा, मेगा र एनसीसी बैंकको शेयरमा करिब १७ लाख बढी कित्ता माग, कुनको कति ? १९ घण्टा पहिले
राजविराज विमानस्थल दुई साताका लागि बन्द राजविराज विमानस्थल दुई साताका लागि बन्द ४३ मिनेट पहिले
१० वर्षदेखि खानेपानीको चरम अभावमा लङ्गाउँ १० वर्षदेखि खानेपानीको चरम अभावमा लङ्गाउँ २२ घण्टा पहिले
चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु ५९ मिनेट पहिले
सिरियाका राष्ट्रपति अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने सिरियाका राष्ट्रपति अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने १६ घण्टा पहिले
टीकापुर पूर्ण खोप सुनिश्चित पालिका घोषणा टीकापुर पूर्ण खोप सुनिश्चित पालिका घोषणा १८ घण्टा पहिले