आज साँझ ५ बजे क्याबिनेट बस्दै
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १८:१७:८
१४ फागुन, काठमाडौं । सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्न सरकारले प्रतिनिधिसभा बैठक आह्वान गर्न लागेको छ । यस प्रयोजनका लागि आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । बालुवाटार निकट स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओलीले यसबारे हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।
आज बस्ने मन्त्रिपरिषद बैठकले सर्वाेच्चको आदेश बमोजिम दिएकै समयसीमा भित्र बस्नेगरी संसद्को अधिवेशन आह्वान गर्न सिफारिश गर्नेछ । प्रधानमन्त्री ओलीले संसद् अधिवेशनका लागि फागुन २३ गतेको मिति तय गरेका छन् ।
सोही बमोजिम निर्णय हुने पनि स्रोतको दाबी छ । साथै, यसअघि निर्वाचनका लागि तय गरिएको मिति र कार्यक्रम स्थगित गर्ने निर्णय समेत गरिने छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने निर्णय गरेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
हिजो साँझ मात्र प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री ओली अचानक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका थिए । यद्यपि के के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । आजको बैठकले प्रतिनिधिसभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ ।
राजीनामा दिन चौतर्फी नैतिक र राजनीतिक दवाव बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा के आकस्मिक निर्णय गर्नसक्ने पनि अनुमान गर्न सकिन्छ । तर प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने मनस्थितिमा भएको बताउदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार