शुक्रबार , बैसाख १०, २०७८

देउवा –राजदूत भेटघाट

देउवा –राजदूत भेटघाट

१४ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरेपछि विकसित तरल राजनीतिक वातावरणबीच विदेशीहरुको सकृयता तीब्र हुन थालेकोछ । चीन तथा भारतीय कूटनीतिक नियोगको चलखेल बढ्न थालेको छ ।

चीन र भारतका राजदूतहरु राजनीतिक परिस्थितिको आंकलन गर्न नेताहरुसँग भेट गर्न उत्सुक देखिएका छन् । संसद् पुनस्थापनापछि सरकार परिवर्तन हुने वातावरण देखापरेकै बेला उनीहरुले नेकपा र नेपाली कांग्रेसका नेताहरुसँगको भेटघाट तीब्र बनाएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हिजो मात्रै चिनियाँ राजदूत होउ यान्छीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बेग्ला बेग्लै भेट गरेकी थिइन् ।

यस्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि हिजो नै देउवालाई बूढानिलकण्ठस्थित उनकै निवासमा गएर भेट गरे ।प्रतिनिधिसभा पुनस्थापना भएपछि नयाँ सरकार बन्ने तयारी भइरहेको छ ।

यसैक्रममा देउवालाई नयाँ प्रधानमन्त्री बन्न नेकपाका दुबै पक्षले प्रस्ताव गरिसकेका छन् । तर कानूनी रुपमा विभाजित भइनसकेको नेकपाको आधिकारिकता नटुंगिएसम्म कांग्रेसले प्रष्ट धारणा बनाउने निर्णय गरेको छ ।

हिजो दुबै राजदूतहरुले नयाँ सरकार निर्माण प्रकृया र नेपाली कांग्रेसको धारणाबारे सभापति देउवासँग जिज्ञाशा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

साना तथा मझौला उद्यमीहरुलाई कर्जा दिने गरी मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता साना तथा मझौला उद्यमीहरुलाई कर्जा दिने गरी मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता २ दिन पहिले
उपमहानगरपालिकाले प्रतिकिलो फोहोर २ देखि २० रुपैयामा किन्ने उपमहानगरपालिकाले प्रतिकिलो फोहोर २ देखि २० रुपैयामा किन्ने ७ दिन पहिले
नक्कली पीसीआर रिपोर्ट बनाउने आठ जना पक्राउ नक्कली पीसीआर रिपोर्ट बनाउने आठ जना पक्राउ २ दिन पहिले
पानी परेपछि वायु प्रदूषण मध्यम पानी परेपछि वायु प्रदूषण मध्यम ४ दिन पहिले
अर्थतन्त्र चलायमान हुने गरी निर्माण क्षेत्र सञ्चालन गर्न निर्माण व्यवसायीको माग अर्थतन्त्र चलायमान हुने गरी निर्माण क्षेत्र सञ्चालन गर्न निर्माण व्यवसायीको माग १ दिन पहिले
गण्डकीको विशेष अधिवेशन बोलाउन सिफारिस गण्डकीको विशेष अधिवेशन बोलाउन सिफारिस ४ दिन पहिले
अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकूकाे मृत्यु अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकूकाे मृत्यु २ दिन पहिले
सरकारले हठा्त अधिवेशन अन्त्य गरेपछि दलहरुसँग परामर्शमा माओवादी केन्द्र सरकारले हठा्त अधिवेशन अन्त्य गरेपछि दलहरुसँग परामर्शमा माओवादी केन्द्र ४ दिन पहिले