शनिबार , जेठ १, २०७८

प्रदर्शनीमा राखियाे पहिलो पटक भ्यान गखको प्यारिस चित्रकला

प्रदर्शनीमा राखियाे पहिलो पटक भ्यान गखको प्यारिस चित्रकला

१४ फागुन, एजेन्सी । एक सय वर्षभन्दा बढी समयदेखि बन्द कोठामा रहेपछि पहिलो पटक भिन्सन्ट भ्यान गखको प्यारिसको सडकको दृश्यको चित्र प्रदर्शनीमा गएको छ। मोँमार्ट्र सडकको दृश्यको चित्र सन् १८८७ मा बनाइएको थियो।

त्यसबेलादेखि नै उक्त चित्र एउटा फ्रान्सेली परिवारको निजी सङ्ग्रहमा रहेको थियो। लिलामी कम्पनी सदबिजले आगामी महिना गरिने लिलाम बढाबढमा ८० लाख युरो पाउने अनुमान लगाएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त चित्रलाई बिक्रीअघि सदबीजका प्यारिस, आम्स्टडम र हङ्कङका लिलामीघरहरूमा प्रदर्शनीमा राखिने छ। यो भ्यान गखका रचनाहरूको श्रृङ्खलामध्येको एक हो। उनले सन् १८८६ र १९८७ मा फ्रान्सको राजधानी प्यारिसमा आफ्नो दाजुसँग बसेका बेला यो चित्र कोरेका थिए।

भ्यान गखले प्यारिसमा दुई वर्ष बिताएका थिए । त्यसबेला मोँमार्ट्र अर्ध-ग्रामीण अवस्थामा थियो। उक्त चित्रमा त्यहाँको विन्डमिल र त्यसको वरपर स्थानीय मानिसहरू टहलाइरहेको देखाइएको छ। सदबिज्‌का अनुसार उक्त चित्र उसको क्याटलगमा देखाइएको भए पनि हालसम्म कहिल्यै पनि सार्वजनिक प्रदर्शनमा ल्याइएको थिएन।

उक्त क्षेत्रमा अहिले प्रसिद्ध स्याक्रे-का चर्च रहेको छ। डच कलाकार गखले उक्त क्षेत्र भ्रमण गर्दा सो चर्च बन्दै थियो। भ्यान गख सन् १८८८ मा प्यारिसबाट दक्षिणी फ्रान्समा सरेका थिए। पछि उनले आफैँलाई गोली हाने र प्यारिस नजिकै सन् १८९० मा उनको निधन भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोनाबाट देशभर ६५० पत्रकार संक्रमित, ७ जनाको मृत्यु कोरोनाबाट देशभर ६५० पत्रकार संक्रमित, ७ जनाको मृत्यु ६ दिन पहिले
हिमालयसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? हिमालयसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? २ दिन पहिले
वाङ्मय शताब्दी पुरुष जोशीको आज १०२ औँ जन्मोउत्सव वाङ्मय शताब्दी पुरुष जोशीको आज १०२ औँ जन्मोउत्सव २ दिन पहिले
कोलोराडोमा एक व्यक्तिले चलाएको गोली लागेर सातको मृत्यु कोलोराडोमा एक व्यक्तिले चलाएको गोली लागेर सातको मृत्यु ५ दिन पहिले
पुनःनिर्माण हुँदै गरेको कमल पोखरी पुनःनिर्माण हुँदै गरेको कमल पोखरी ६ दिन पहिले
दिव्यश्वरी हाइड्रो र समता लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो, शेयरमूल्य कति ? दिव्यश्वरी हाइड्रो र समता लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो, शेयरमूल्य कति ? २ दिन पहिले
बिहीबारबाट बीमा कम्पनीका सबै शाखाहरु बन्द हुने बिहीबारबाट बीमा कम्पनीका सबै शाखाहरु बन्द हुने ३ दिन पहिले
रू रू जलविद्युतको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ? रू रू जलविद्युतको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ? ६ दिन पहिले