शनिबार , जेठ १, २०७८

जीर्ण बन्दै ऐतिहासिक पालुङ्वा दरबार

जीर्ण बन्दै ऐतिहासिक पालुङ्वा दरबार

१४ फागुन,फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको प्राचीन ऐतिहासिक पालुङ्वा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम नजिक फुङ्लिङ नगरपालिका–३ पालुङ्वा चोकमा रहेको पालुङ्वा दरबारको संरक्षणमा तथा प्रवद्धर्नमा राज्यका निकाय तथा सम्बन्धित पक्षबाट पनि समेत चासो नदिइएको स्थानीयवासीको गुनासो छ ।

संरक्षणकै अभावमा १५० वर्षअघि निर्माण भएको सो दरबारको संरचना दिन प्रतिदिन भत्किँदै गएको उनीहरुले बताएका छन् । दरबारको संरक्षण साथै प्रवद्र्धन गरिएमा पर्यटकीय गन्तव्यसमेत बन्नसक्ने उनीहरुको बुझाइ रहेको छ । आजभन्दा १६१ वर्षअघि अर्थात् विसं १९१६ मा धर्मजीत पालुङ्वाले सो दरबार निर्माण गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हुकुमी शासन चल्ने त्यसबेलाको समयमा धर्मजीतले आफ्ना भाइभारदारमा शासन चलाउन उक्त दरबार बनाएको बताइन्छ । हाल झिङ्गटी ९घर छाउने इँटा० ले छाएको छाना भत्किँदै गएको छ । छाना भत्किएका कारण वर्षात्मा पानी चुहिएर काठ मक्किन थालेको छ । अहिले सामान्य सरसफाइभन्दा अन्य संरक्षणसम्बन्धी कुनै काम नभएको स्थानीयवासी सूर्यबहादुर पालङ्वाले बताए ।

सूर्यबहादुर सोही दरबार निर्माणकर्ता धर्मजीतका पाँचौँ पुस्ताका सन्तति छन् । उनका पिता–पुर्खाले नै दरबारको संरक्षणमा ध्यान नदिँदा संरचना थप जीर्ण बन्दै गएको हो । एउटा जेलघर कोठा (हिरासत), छ ढोका, पाँच झ्याल र १४ वटाभन्दा बढी खोपी रहेको दुईतले दरबारको संरचना धराप बन्दै गएको उनको भनाइ छ ।

संरचना धराप बन्दै गएपछि जस्तापाताको छाना र बारबेरासहित छाल्की बनाएर त्यहीँ बस्दै आएको पनि उनले बताए । उनले आफ्नो पुर्खाले बनाएको संरचनालाई पछिल्लो समयमा मात्र ‘पालुङ्वा दरबार’ का रुपमा चर्चा हुन थालेको पनि बताए । उनका अनुसार पालुङ्वा दरबारको चर्चा हुन थालेपछि भने संरक्षण गर्नुपर्ने प्रसङ्ग उठ्न थालेको हो । पछाडि स्थापना भएको फुरुम्बो पालङ्वा वंश प्रतिष्ठानले दरबारको संरक्षणमा अहिले चासो दिँदै आएको बुझिएको छ । दरबारको स्वामित्व प्रतिष्ठानलाई हुने गरी पहल भइरहेको पनि बताइएको छ ।

प्राचीन इतिहास बोकेको पालुङ्वा दरबारको संरक्षणका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा भने रकम विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट दरबारको संरक्षण योजनामा रु २० लाख रकम विनियोजन भएको बताइएको छ । विभागबाट विनियोजित सो रकमको कार्यान्वयन गर्न भने अझै कुनै काम शुरु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय