फेरि पनि चुनावकै चर्चा
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १९:२७:३६
१४ फागुन, काठमाडौं । सम्भवतः यही फागुनको २३ गते पुनस्थापित प्रतिनिधिसभाको अधिवेशन बस्नेछ । प्रधानमन्त्री केपी ओलीले पुष ५ गते विघटन गरेको प्रतिनिधिसभा पुनस्थापित भएपछि पहिलो अजेण्डा नै नयाँ सरकार दिने हो ।
त्यसका लागि पुषको ५ गते नै संसद सचिवालयमा नेकपाकै ओली विरोधी सांसद्हरुले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । प्रतिनिधिसभा पुनस्थापित भयो, तर प्रधानमन्त्री ओलीले राजीनामा दिएनन् । बरु संसद् नै फेस गर्छु भन्दैछन् । आधिकारिक रुपमा नेकपा सग्लो छ । यद्यपि राजनीतिक रुपमा भने दुई फ्याक भइसक्यो । निर्वाचन आयोगले भने त्यसलाई मानेको छैन । जसले गर्दा ओलीले संसद फेस गर्दा पनि हटाउने आधार गतिलो देखिंदैन ।
पहिलो त ओली नै पार्टी अध्यक्ष र संसदीय दलको नेता हुन् । उनले वा उप नेताले नबोलाएसम्म बैठक बस्ने नबस्ने वा आधिकारिक हुने नहुने भन्ने विवाद कायमै रहन्छ । त्यसको छिनोफानो गर्ने आधिकारिक निकाय भनेको निर्वाचन आयोग नै हो । आयोग भने ओलीको लाचार छाया मात्र बन्नु परेको छ । यस्तो परिवेशमा त्यसको छिनोफानो गर्ने काम सजिलो छैन ।
प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने प्रचण्ड–नेपाल पक्षले जति नै भनेपनि हुनेवाला छैन । किनभने ओलीले यही आधारमा आफूलाई बलियो बनाएका छन् । यसका लागि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य साँठगाँठ गरेको देखिन्छ । ओली विरोधी खेमाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जतिसुकै हौसिएपनि आधिकारिकता विवाद नसल्टेसम्म केही हुने देखिंदैन । त्यसैले ओली ढुक्क देखिएकाछन् ।
कांग्रेसले अविश्वासको पक्ष वा विपक्षमा नलाग्दा प्रचण्ड – माधव समूहले मात्रै ओली सरकार विस्थापित गर्न सक्ने अवस्था छैन । यसो हुँदा ओलीको पक्षमा पनि वहुमत नहुने तर हटाउन समेत नसक्ने हुँदा प्रतिनिधिसभा विघटन गर्न संविधानको धारा ७६ ले ओलीलाई अनुमति दिनेछ ।
ओलीलाई देउवाको साथ र समर्थन रणनीतिक रुपमा हुने अवस्था टरेको छैन । देउवा चाहन्छन्–अहिले नै चुनाव होस् । मौजुदा परिस्थितिमा चुनाव भयो भने कांग्रेसले सफलता पाउने मात्र होइन, नेकपा व्याबहारिक रुपमै विभाजित हुनेछ । निर्वाचन आयोगले पनि वाध्य भएर आधिकारिकता विवाद टुंगो लगाउने छ ।
यसका लागि फेरि पनि कांग्रेस नै निर्णायक फ्याक्टर देखिन्छ । सर्वाेच्चले पुनस्थापना गरिदिएपछि बैशाखमा चुनाव हुने अवस्था रहेन । साथै, नयाँ सरकार निर्माण हुँदा र संसद्ले बाँकी अवधि काम गर्न पाउँदा दुई समूहबीच फेरि मेल हुन सक्छ । यो विषयलाई देउवाले रणनीतिक रुपमा उपयोग गर्ने सोच बनाएका छन् ।
एकपटक भंग भइसकेको संसद्ले अब नयाँ उत्साहका साथ काम गर्न सक्ने वातावरण पनि रहन्न । कदाचित नयाँ सरकार बन्यो भने एक वर्षपछि फेरि अर्काे सरकार बनाउने षडयन्त्र थालिन्छ । त्यसैले देउवा चुनावबाटै आफ्नो उद्येश्य पूरा गर्न चाहन्छन् । ओलीपनि त्यसका लागि सहमत छन् ।
अबको राजनीति सम्भवतः फेरि पनि चुनावकै दिशामा अग्रसर हुनेछ । त्यसका लागि ओली सरकारकै निरन्तरता आवश्यक हुन्छ । संसद्मा दर्ता भएको अविश्वास विफल भयो भने ओलीले फेरि विघटन र निर्वाचनको सिफारिश गर्न पाउने देखिन्छ । कांग्रेसले अविश्वासको पक्ष वा विपक्षमा नलाग्दा प्रचण्ड – माधव समूहले मात्रै ओली सरकार विस्थापित गर्न सक्ने अवस्था छैन । यसो हुँदा ओलीको पक्षमा पनि वहुमत नहुने तर हटाउन समेत नसक्ने हुँदा प्रतिनिधिसभा विघटन गर्न संविधानको धारा ७६ ले ओलीलाई अनुमति दिनेछ ।
यस्तो भयो भने कांग्रेसले चिन्ता गर्नु नपर्ने हुन्छ । किनभने पुनस्थापित प्रतिनिधिसभाले संविधान ट्रयाकमा ल्याइदिएको छ । अब हुने विघटन संविधान बमोजिन नै हुने भएकाले कांग्रेसका दुबै खेमाको जित हुने अवस्था देखिन्छ । त्यसैले अबको राजनीतिक कोर्ष कस्तो हुन्छ भन्ने कुराको निर्णायक शक्ति नै नेपाली कांग्रेस बनेको छ । ती सबै पक्षको पटाक्षेप अबका दिनमा हुनेवाला छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार