अमेरिकामा आधा पोथी र आधा भाले जस्तो चरा भेटियो
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १९:४३:५५
१४ फागुन, एजेन्सी । अमेरिकामा एउटा अनौठो किसिमको चरा भेटिएको छ । जसलाई हेर्दा आधा भाले, आधा पोथी देखिन्छ । यो समाचार बीबीसीमा प्रकाशित भएको हो, जहाँ अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविदले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्।
उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए। द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्। भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन्।
यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ। अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा भएको बताएका छन् । चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई लूसिसिजम अर्थात् पाण्डु भनिन्छ।
बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्। उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए।
आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन्। उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरूमा ‘बाइल्याटरल गाइन्यानन्ड्रोमर्फिजम’को सर्वेक्षण गरेका छन्।
शुक्रकीटले डिम्बलाई निषेचन गरेपछि भ्रूण बन्न कोषहरू विभाजन हुने क्रममा त्रुटि हुँदा यस्तो अवस्था आउने उनले बताएको बीबीसीमा उल्लेख गरिएको छ । तर उक्त क्षेत्रमा सम्भावित यस्तो किसिमको चरा देखिएको पहिलो पटक होइन।
न्याश्नल जियोग्राफिकका अनुसार सन् २०१९ मा एक दम्पतीले नजिकैबाट त्यसै क्षेत्रमा यस्तै चरा देखेका थिए। हिल अहिले देखिएको चरा पनि त्यही हुन सक्ने अनुमान गर्छन्।
प्राध्यापक पीरका अनुसार नोर्दन कार्डिनल उत्तरी अमेरिकामा जताजतै पाइने चरा हो। यसको भाले र पोथीलाई सहजै चिन्न सकिने भएकाले उभयलिङ्गी चरा चिन्न पनि सजिलै सकिने उनको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार