कृषि क्षेत्र प्रर्वद्धनका लागि झण्डा महोत्सव
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १९:५५:४९
१४ फागुन,लहान । राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रर्वद्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा यही फागुन १५ गतेदेखि २४ गतेसम्म झण्डा मेला महोत्सव हुने भएको छ ।
‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घरायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिएका छन् ।
सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृतसमेत गरिने छ । महोत्सवमा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा लैङ्गिक हिंसासम्बन्धी जनचेतना दिलाइने छ । महोत्सवमा १०० कक्ष रहने बताइएको छ । सूर्यचन्द्राङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव नामकरण गरिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार