मुम्बईका यी खेलाडीले तोडे विराट कोहलीको कीर्तिमान
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार २०:१७:५९
१४ फागुन, काठमाडौं । भारतीय टिमका ब्याट्सम्यान सूर्यकुमार यादवले घरेलु क्रिकेटमा शतकीय पारी खेलेका छन् । उनले विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत पुडुचेरीविरुद्ध आक्रामक शतकीय पारी खेलेका हुन् ।
मुम्बईबाट प्रतियोगिता खेलिरहेका यादवले ५० बलमै शतक बनाए । योसँगै उनले लिस्ट ‘ए’ क्रिकेटमा छिटो शतक लगाउने मामलामा विराट कोहलीलाई पछि पारेका छन् ।
लिस्ट ‘ए’ क्रिकेटमा विराटले सन् २०१३ मा जयपुरमा अष्ट्रेलियाविरुद्ध ५२ बलमा शतक बनाएका थिए । यादवले भने लिस्ट ‘ए’ क्रिकेटमा ५० बलमै शतक बनाए ।
योसँगै लिस्ट ‘ए’ क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने मामलामा सूर्यकुमार दोस्रो स्थानमा उक्लिएका छन् । अर्थात् उनी लिस्ट ‘ए’ क्रिकेटमा छिटो शतक बनाउने दोस्रो भारतीय खेलाडी बनेका हुन् ।
लिस्ट ‘ए’ मा भारतको तर्फबाट सर्वाधिक छिटो शतक बनाउने सूचीको शीर्ष स्थानमा यूसुफ पठान छन् । उनले सन् २०१० मा अहमदाबादमा महाराष्ट्रविरुद्ध ४० बलमै शतक बनाएका थिए ।
सूर्यकुमारले बिहीबार पुडुचेरीविरुद्ध कुल १ सय ३३ रन बनाए । उनले सो पारी खेल्न ५८ बलको सामना गरेका थिए । त्यसक्रममा यादवले २२ चौका र चार छक्का हिर्काएका थिए । उनले शतक बनाएको सो खेलमा कप्तान पृथ्वी शाले दोहोरो शतकीय पारी खेले ।
पृथ्वीले १ सय ५२ बलमा ३१ चौका र पाँच छक्काको मद्दतमा अविजित २ सय २७ रन बनाएका थिए । पृथ्वी र सूर्य चम्किँएको सो खेलमा पुडुचेरीविरुद्ध मुम्बई २ सय ३३ रनले विजयी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार