शुक्रबार , बैसाख १०, २०७८

प्रदेश सरकारको सहयोगमा गोकर्ण माविमा बस सेवा

प्रदेश सरकारको सहयोगमा गोकर्ण माविमा बस सेवा

१४ फागुन,काठमाडौं । अङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत गराउन उपलब्ध गराएको हो ।

बस सेवाको आज शुभारम्भ गर्दै बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बस सेवापछि विद्यार्थीको उपचारका लागि नर्स पनि उपलब्ध गराइने बताउछन् । सामुदायिक विद्यालय भए पनि गोकर्ण माविमा ६०० छात्रछात्रा अध्ययन गरिरहेको वडाध्यक्ष श्रीकुमार श्रेष्ठ बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदास श्रेष्ठ, पूर्वप्रधानाध्यापक बटुराम भण्डारी, प्रधानाध्यापक सुस्मिता केसी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय