शनिबार , जेठ १, २०७८

चिनियाँ कम्पनीले पायो सुनकोशी मरिण डाइभर्सन निर्माणको ठेक्का, टीबीएमले खन्दैछ सबैभन्दा लामो सुरुङ

चिनियाँ कम्पनीले पायो सुनकोशी मरिण डाइभर्सन निर्माणको ठेक्का, टीबीएमले खन्दैछ सबैभन्दा लामो सुरुङ

१४ फागुन, काठमाडौं । चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङले देशको हालसम्मकै ठूलो नदी डाइभर्सन परियोजनाको सुरुङ खन्ने भएको छ ।

तराई मधेशको आर्थिक समृद्धिसँग जोडिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने कामका लागि सो चिनियाँ कम्पनीले ठेक्का पाएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सो आयोजनाको सुरुङ भने टनेल बोरिङ मेशनि (टीबीएम)ले खन्ने आयोजनाले जनाएको छ । यसअघि नेपालको पहिलो आयोजनाको रुपमा रहेका भेरी बबई डाइभर्सन आयोजनामा टीबीएमले सुरुङ खनेको थियो ।

भेरी बबईमा कूल ४.२ मिटर गोलाइको सुरुङ खनिएको थियो । सो आयोजनामा हाल बाँध तथा विद्युत् गृह निर्माणको काम भइरहेको छ । भेरी बबई आयोजनाको सफलतापछि सरकारले सुनकोशी मरिण डाइभर्सन आयोजनामा समेत टीबीएम मेशिनले सुरुङ खन्न लागिएको हो । सुनेकाशी मरिणको सुरुङको गोलाई भने ५.५ मिटर रहेको छ ।

हालसम्म निर्माण भएका मध्ये टीबीएमबाट खन्न लागिएको यो नै सबैभन्दा ठूलो सूरुङ हुुनेछ । कूल १३.३ किलोमिटर लामो सुरुङ खन्न लागिएको हो । कूल २७ महिनामा सुरुङ खन्ने समय लाग्नेछ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ भने १८ महिनामा नै सम्पन्न भएको थियो ।

कति लागतमा बन्दैछ आयोजनाकाे सुरुङ निर्माण 

चिनियाँ कम्पनीले १० अर्ब ५ करोड ६८ लाखमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको हो । आयोजनाबाट कूल ३१ मेगावाट बिजुली समेत उत्पादन हुनेछ ।

सो आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । हिमाल, पहाड र तराईलाई समेत जोड्ने आयोजनाका रुपमा लिइएको छ ।

आयोजनालाई बहुउद्देश्यीय बनाइने भएको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टीबीएम) को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकारले यसअघि नै निर्णय गरेको थियो ।

भेरी बबईमा कूल १२ दशमलब दुई किलोमिटर लामो सुरुङ थियो । उता सुनकोशी मरिण आयोजनाको निर्माण अवधि ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

सो आयोजनाको अनुमानित कूल लागत ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरकफरक लागत रहने जनाइएको छ । विद्युत्गृह, सुरुङ निर्माणलगायतमा ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।

आयोजनाबाट २ नम्बर प्रदेशको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ हुनुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । सरकारले चालू आवको बजेटमा समेत सो नदी स्थानान्तरण आयोजनालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ ।

आयोजनाका प्रमुख सुशील आचार्यले उक्त परियोजनाबाट २ नम्बर प्रदेशलाई खानेपानीका लागि पानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको जानकारी दिए ।

सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिन उपत्यकामा खसालिने छ । आयोजनाको लागि लगानीको स्रोत समेत जुटिसकेको छ ।

सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाएको छ । विकास र पूर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाइभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने एउटा सशक्त माध्यमका रुपमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

आयोजनामा प्रयोग हुने टीबीएम डिजाइनका लागि समेत छिट्टै प्रक्रिया अगाडि बढाउने तयारीमा परियोजनाको व्यवसथापन जुटेको छ । भेरी बबईमा अमेरिकन प्रविधिको टीबीएम चिनियाँ कम्पनीले ल्याएको थियो । नेपालको सुरुङ निर्माणमा प्रयोग हुँदै आएको ब्लास्ट एण्ड ड्रिलिङ प्रविधिबाट क्रमशः अब टीबीएम प्रविधिमा रुपान्तरित भएको छ ।

छिमेकी देश चीनमा त टीबीएमबाट एकैदिन सयौं किलोमिटरसम्म सुरुङ खन्ने गरिएको विवरण समेत सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

९ अर्बको ऋणपत्र निष्कासनको अनुमति माग्दै पुगे तीन वाणिज्य बैंक धितोपत्र बोर्ड ९ अर्बको ऋणपत्र निष्कासनको अनुमति माग्दै पुगे तीन वाणिज्य बैंक धितोपत्र बोर्ड ३ दिन पहिले
परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस ७ घण्टा पहिले
संक्रमित फेला परेसंगै इलाममा सतर्कता अपनाउन आग्रह संक्रमित फेला परेसंगै इलाममा सतर्कता अपनाउन आग्रह ४ हप्ता पहिले
कोरोना संक्रमण थप बढ्दो, निषेधाज्ञा लगाएका जिल्लाको संख्या २९ पुग्यो कोरोना संक्रमण थप बढ्दो, निषेधाज्ञा लगाएका जिल्लाको संख्या २९ पुग्यो २ हप्ता पहिले
राजनीतिक स्थायित्व र समृद्धिमा प्रवासीको साथ अपरिहार्य राजनीतिक स्थायित्व र समृद्धिमा प्रवासीको साथ अपरिहार्य ३ हप्ता पहिले
१० वर्षदेखि खानेपानीको चरम अभावमा लङ्गाउँ १० वर्षदेखि खानेपानीको चरम अभावमा लङ्गाउँ ३ हप्ता पहिले
विभाजनको डिलमा जसपा, आफ्नै शीर्ष नेताको तानातानमा सांसद   विभाजनको डिलमा जसपा, आफ्नै शीर्ष नेताको तानातानमा सांसद   २ हप्ता पहिले
गाउँ पुगेका युवा सावधानी अपनाएर विकास निर्माणमा जुट्दै गाउँ पुगेका युवा सावधानी अपनाएर विकास निर्माणमा जुट्दै १ हप्ता पहिले