शुक्रबार , बैसाख १०, २०७८

मानव बस्तिलाई मध्यनजर गर्दै तनहुँ  आयोजनाले तटबन्धन गर्ने

मानव बस्तिलाई मध्यनजर गर्दै तनहुँ  आयोजनाले तटबन्धन गर्ने

१४ फागुन,दमौली । तनहुँ जलविद्युत् आयोजनाले व्यास नगरपालिका–१३ को बेलवास क्षेत्रमा तटबन्धन गर्ने भएको छ । केही दिनअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बेलवासतर्फ तटबन्धन गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले बेलवासतर्फ तटबन्धन नगरिकन तत्कालका लागि माटो ननिकाल्ने प्रतिबद्धता जनाएका छन् । आयोजना निर्माणको क्रममा निस्किएको माटो आयोजनाकै किनारमा थुपारिएको र आयोजनातर्फ मात्र तटबन्धन गरिएपछि सेती नदी साँघुरिएर बेलवास डुबानमा पर्न सक्ने अवस्थाको कारण बेलवासवासी आन्दोलित थिए ।

आन्दोलनरत बेलवासवासीलाई विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले समर्थन गरेका थिए । श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा भएको छलफलमा बेलवासवासी र तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशकबीच उक्त सहमति भएको हो । तनहुँ जलविद्युत् आयोजनाले आयोजनातर्फको आफ्नो जमिन संरक्षणका लागि भन्दै सेती किनारमा निर्माण गर्न लागेको तटबन्ध गर्दै माटो पनि खसालेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको आयोजनाको प्याकेज एकका लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैंकले सोध्दा भियतनाम÷कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।

उनका अनुसार फागुन दोस्रो हप्ताभित्र पहिलो प्याकेजको काम अगाडि बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि रु १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यस अगाडि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।

आयोजनाको प्याकेज दुईअन्तर्गत भने करिब रु एक अर्ब खर्च भइसकेको छ । प्याकेज दुईअन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुईअन्तर्गत सिनोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । त्यस्तै प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रसारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ ।

आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । तनहुतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

आयोजनाको प्याकेज दुईअन्तर्गतको विद्युत्गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत्गृहको काम भइरहेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायाम १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय