शुक्रबार , बैसाख १०, २०७८

कम्यूनिष्टबिहीन देश बनाएर कांग्रेसले जनताको सुखदुःखमा साथ दिनुपर्छ : कांग्रेस नेता पाण्डे

कम्यूनिष्टबिहीन देश बनाएर कांग्रेसले जनताको सुखदुःखमा साथ दिनुपर्छ : कांग्रेस नेता पाण्डे

१४ फागुन, स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले कम्यूनिष्टहरुको कहलबीच सरकारमा जाने बारेमा कांग्रेसले हतार गर्न नहुने बताएका छन् । कांग्रेसले हतार गर्न हुन्न, नेपालका कम्यूनिष्टहरु भरपर्दा समेत नभएको उनले जिकिर गरे ।

“जनतमको अपमान गर्दै आन्तरिक कहलमा रुमलिएका कम्यूनिष्टहरुले देशलाई अन्धकारमा धकले ।” नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेता पाण्डेले भने, “अन्धकारमा धकलिएको देशलाई सर्बोच्च अदालतले उज्यालोमा ल्याएको छ ।” अदालतले उज्यालोमा ल्याएको देशलाई सहि दिशा दिन कांग्रेस चुक्न नहुनेमा उनले जोड दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“कम्यूनिष्टको नेतृत्वमा रहेको सरकारले देशमा काण्डैकाण्ड मचायो, जनताको सुखदुःखमा साथ दिन सकेन ।” नेता पाण्डेले भने, “कम्यूनिष्टबिहीन देश बनाएर अब कांग्रेसले जनताको सुखदुःखमा साथ दिनुको बिकल्प छैन् ।” कांग्रेसले सहि निणर््य लिन सके मात्रै देशले विकास समृद्धि प्राप्त गर्नेमा उनको जोड थियो ।

“५ वर्ष सरकार चलाउन जनताले दिएको अभिमतलाई कम्यूनिष्टहरुले थेग्न नसक्दा देश राजनीतिको चत्र्रmव्यूहुँमा फसेको छ ।” राष्ट्रिय सभाका सदस्य समेत रहेको नेता पाण्डेले भने, “यो चत्र्रmव्यूहुँबाट देशलाई पार लगाउन कांग्रेस जिम्मेवार बन्नु परेको छ ।”

अबको निकास कांग्रेसले मात्रै दिन सक्ने दाबी गरेका पाण्डेले न फुटेका त न जोडिएका कम्यूनिष्टहरुको भावी रणनीति हेरेर मात्रै कांग्रेसले निर्णय लिनुपर्ने बताए । कम्यूनिष्ट जस्तो हामी गैरजिम्मेवार छैनौं तर समयले गम्भिर बनाएको नेता पाण्डेको भनाई थियो ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मीको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन क्षेत्रिय सचिव रामजी भण्डारीले गरेका थिए । अत्य अवसरमा कम्यूनिष्टहरु जिम्मेवार नबन्दा जनताले दुख पाएको बताउँदै सहभागी कार्यकर्ताले कांग्रेस जिम्मेवार बनेर अगाडी बढ्नुपर्ने आवाज उठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय