शुक्रबार , बैसाख १०, २०७८

मेरा मित्र, स्वास्थलाभको कामना गर्दछु : डा. शेखर

मेरा मित्र, स्वास्थलाभको कामना गर्दछु : डा. शेखर

१४ फागुन, काठमाडों । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कांग्रेस नेता नवीन्द्रराज जोशीको अचानक विग्रिएको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

आज अचानक अस्वस्थ भई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री नवीन्द्रराज जोशी अहिले राजधानीको नर्भिक अस्पतालमा उपचाररत छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जोशीको उपचारमा संलग्न डाक्टरहरुका अनुसार जोशीको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक रहेकोले अहिल्यै यसै भन्न सकिने अवस्था छैन । अहिले नेता जोशीलाई कृतिम स्वासप्रस्वासको सहायताले उपचार भैरहेको अस्पताल श्रोतले जनाएको छ ।

जोशीलाई अकस्मात मष्तिस्कघात भई नर्भिक अस्पतालमा भर्ना भएको खबरले आफु अत्यन्तै मर्माहत भएको भन्दै डा. शेखर कोइरालाले आफ्नो शन्देशमा लेखेका छन् : अचानक अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत मेरा मित्र, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री नवीन्द्रराज जोशीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय