शनिबार , जेठ १, २०७८

देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

१५ फागुन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

तराइका थोरै स्थानहरुमा अहिले हल्का कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय