शनिबार , जेठ १, २०७८

फागुन २९ गते स्याङ्जाली पत्रकारहरुकाे काठमाडौंमा बृहत भेला हुने

फागुन २९ गते स्याङ्जाली पत्रकारहरुकाे काठमाडौंमा बृहत भेला हुने

१५ फागुन, काठमाडौं । लामाे समयकाे अन्तरालपछि स्याङ्जा जिल्लाबासी पत्रकारहरु काठमाडौंमा भेला हुने भएका छन् । फागुन २९ गते शनिवार काठमाडौको बालाजु बाइसधारा पार्कमा पिकनिकसहित भेलाकाे आयाेजना गरिएकाे हाे । स्याङ्जा जिल्ला तथा स्याङ्जा स्थायी ठेगाना भइ काठमाडौमा सक्रिय पत्रकारिता गर्दै आएकाहरुको शुक्रबार काठमाडौंको पुल्चोकमा  भएकाे बृहत भेलाले यस्तो निर्णय गरेको पत्रकार भूपराज बस्यालले जानकारी दिए ।

जुनसुकै ठाउँमा बसेर पनि पत्रकारितामा क्रियाशिल स्याङ्जा जिल्लाबासी उक्त भेलामा सहभागी हुनसक्ने उनले बताए । उनले भने “काठमाडौमा बसेर सक्रिय पत्रकारिता गर्नेहरुको फेसबुक ग्रुप बनाएका थियौं, उक्त ग्रुपमा सबै एकैठाउँमा जम्मा हुने र पिकनिक गर्ने प्रस्ताव आयो, उक्त प्रस्ताव पछ्याउँदै जादा भेला नै हुनेगरी तयारी भयो । ” उक्त भेलाले वरिष्ठ पत्रकार इन्द्र रिजालको संयोजकत्वमा एउटा समिति समेत निर्माण गरेको पनि उनले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त समितिले स्याङ्जा जिल्लाबासीको प्रथम भेलासहित पिकनिक गर्ने निर्णय गरेको समितिका संयोजक रिजालले बताए । उक्त पिकनिक तथा प्रथम भेलामा स्याङ्जा जिल्लाका सक्रिय पत्रकारहरुमात्रै सहभागी हुने पनि उनले बताए । स्याङ्जा जिल्लाबासीहरु पत्रकारितामा सक्रिय भएपनि हालसम्म कति छन्, कहाँ-कहाँ छन् भन्ने तथ्यांक  पनि नभएको हुँदा सबैलाई एकआपसमा परिचित भई भाइचारा अभिबृद्धि गर्न यो भेलाले सहयोग गर्ने संयोजक रिजालको भनाइ छ ।

Indra Rijal syangja

उक्त प्रथम भेलाद्धारा गठित समितिले स्याङ्जाली पत्रकारहरुको बृहत्तर हित, बृत्तिविकास र पहिचान स्थापित गर्ने कुरामा आफु विश्वस्त रहेको संयोजक रिजालले बताए । “स्याङ्जा पत्रकार समाज” सबै आस्था र विचार बोक्ने सञ्चारकर्मीहरुको साझा चौतारीको रुपमा यसलाई विकास गरिने भएकोले यो संस्था नितान्त गैह्रराजनीतिक संगठन भएको संयोजक रिजालको भनाई छ । वरिष्ठ पत्रकार रिजाल नेपालबहस डटकमका प्रधानसम्पादक पनि हुन् ।

हाललाई बिशुद्द पत्रकारहरु मात्र भेला हुने, प्रतिव्यक्ति रु.१००० र बढीमा जतिपनि सहभागी शुल्क दिन सकिने गरि स्याङ्जा जिल्ला स्थायी ठेगाना भएका क्रियाशिल पत्रकारहरुको अधिकतम सहभागिता गराउने निर्णय भएको छ । यस ग्रुपमा आबद्ध साथीहरूले अन्य छुटेका साथीहरूलाई पनि समन्वय गरि ग्रुपमा जोडने तथा फोन गरि अनुरोध गर्न रिजालले सबैलाई आव्हान गरेका छन् । स्याङ्जा र काठमाडौमा मात्र क्रियाशिल नभई अन्य जिल्लाहरुमा कार्यरत तर स्याङ्जाबाट बसाई नसरेका इच्छुक साथीहरूलाई पनि सहभागी गराउने निर्णय भएको उनले जनाए ।

indra fnj

रिजालको संयोजकत्वमा बनेको उक्त समितिका सदस्यहरुमा अनिता बिन्दु, प्रकाश डुम्रे, अनिल गिरि, नारायण शर्मा, शालिक सुवेदी, भूपराज बस्याल, अर्जुन खनाल, श्रीकृष्ण सिग्देल, ओम प्रकाश शर्मा, प्रतीक्षा काफ्ले, राजेश शर्मा लामिछाने, संगीता खड्का, लिलु डुम्रे, असीम सापकोटा, शिव लम्साल, श्रीराम पौडेल, बलराम पाण्डे, प्रदीप कोइराला, गोबिन्द्र गिरि, प्रकाश डाेटेल, अमर ढकाल र घनश्याम सिग्देल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय