शनिबार , जेठ १, २०७८

विप्लव समूहका ३ जना कार्यकर्ता सप्तरीबाट नियन्त्रणमा

विप्लव समूहका ३ जना कार्यकर्ता सप्तरीबाट नियन्त्रणमा

१५ फागुन, काठमाडौं । नेपाल प्रहरीले विप्लव समूहका ३ जना कार्यकर्ता सप्तरीबाट नियन्त्रणमा लिएको छ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना नेतालाई प्रहरीले शनिबार सप्तरीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाका जनसत्ता प्रमुख खडक नगरपालिका-३ बनरझुल्लाका आदर्श भनिने ५२ वर्षीय रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र सप्तरीकै विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग्दै धम्की दिने गरेको सूचना प्राप्त भएपछि उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट ४ थान मोवाइल, जनविद्रोह लेखिएको एउटा किताब, वीर मधेशी लेखिएको किताब, युवा संगठन नेपाल साधारण सदस्यता ठेली १ थान, अखिल नेपाल महिला संघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगसम्बन्धी पत्र र युवा संगठन नेपालको आर्थिक सहयोगसम्बन्धी पत्रसमेत सामग्री बरामद भएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम १६ घण्टा पहिले
सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! ४ घण्टा पहिले
मोरङमा २२ वर्षीय युवकको पेटमा छुरा प्रहार गरि हत्या, २ जना पक्राउ मोरङमा २२ वर्षीय युवकको पेटमा छुरा प्रहार गरि हत्या, २ जना पक्राउ ६ घण्टा पहिले
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक ८ घण्टा पहिले
प्रहरीको सक्रियतामा अक्सिजन सिलिण्डर सङ्कलन गरी वितरण प्रहरीको सक्रियतामा अक्सिजन सिलिण्डर सङ्कलन गरी वितरण २ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १६ घण्टा पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक १५ घण्टा पहिले
राखियाे हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर राखियाे हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर १३ घण्टा पहिले