आईपीओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट
नेपालबहस संवाददाता
फागुन १५, २०७७ आइतबार २:४८:५७
१५ फागुन, काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।
धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्फत हेर्न सकिने छ ।
धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् । विभिन्न अनलाइन सञ्चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँटको नतिजा सो कम्पनीको वेबसाइट तथा उक्त सार्वजनिक निष्कासनको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिको वेबसाइटमा राखिएकामा लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न सकेका थिएनन् । दिनभर जसो उक्त वेबसाइट ‘डाउन’ भएको थियो ।
कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटले काम नगरेपछि लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । यसका कारण मेरो शेयरको अन्य सेवा शुक्रबार दिनभर जसो नै प्रभावित भएको थियो ।
सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सार्वजनिक निष्कासनका लागि करीब १५ लाखले आवेदन दिने गरेका छन् । सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन् ।
उक्त वेबसाइटमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा अपलोडसमेत गरिएको छ । उक्त ठेगानामार्फत लगानीकर्ताले आफ्नो नतिजा हेर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार