आजदेखि निफ्राको कारोबार लगानी समूहमा
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १३:५३:२३
१६ फागुन, काठमाडौं । नेप्सेले आज आइतबारदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने भएको छ ।
नेप्सेको व्यवस्थापनको फागुन ७ गतेको निर्णय अनुसार भोलि फागुन १६ गतेदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीको समूह विभाजनमा हेरभेर तथा नयाँ समूहको व्यवस्था गरेको नेप्सेले जनाएको छ ।
यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समुह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ । आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।
लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडलाई राखिएको छ ।
यसका साथै, होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स लिमिटेड थपिएको छ र यसअघि होटल समूहमा रहेका ओरियण्टल होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल तथा पर्यटन समूह अन्तर्गत रहेर कारोबार हुने भएको छ ।
नेप्सेले प्रकाशन गरेको विज्ञप्ति यस प्रकारको छः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार