प्रधानमन्त्री ओली आज झापा जाँदै
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १५:२९:१९
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली आज झापा जाने भएका छन् । झापा क्षेत्र नम्बर ५ मा हुने ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्याससहित विभिन्न कार्यक्रमका लागि ओली झापा आउन लागेका हुन् ।
ओलीको सचिवालयले झापामा इण्डष्ट्रियल पार्क शिलान्यासलाई धेरै महत्व दिएको छ । ओलीको स्वागतका लागि दमकको मुख्य चोकमा नेपाल र चीनका झण्डाले सजाईएको छ भने ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । ओलीको कार्यक्रम हुने स्थानमा सुरक्षा सतर्कता बढाईएको छ । क्षेत्र नं। ५ का दमक, कमल र गौरादह क्षेत्रका बासिन्दा पार्क शिलान्यास कार्यक्रम सफल बनाउन जुटेका छन् ।
पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार औद्योगिक पार्कमा पहिलो चरणमा ६५ अर्व लगानी हुने छ । नेपाल र चिनियाँ नागरिक स्तरबाट वन्ने यो औद्योगिक पार्कमा पहिलो चरणमा कपडा, विद्युतीय सामग्री, ईलेक्ट्रोनिक्स समानलगायतका उद्योग आउने बताईएको छ ।
ओली बिहान १० बजे भद्रपुर विमानस्थल हुँदै दमक आउने र साँझ फर्कने तय भएको सचिवालयले जनाएको छ । ओलीका सचिवालय सदस्य तथा झापाका पार्टी नेता होमबहादुर थापाका अनुसार ओली झापा आएपछि पहिलो कार्यक्रमका लागि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको क्याम्पा ११ बजे पुग्नेछन् ।
त्यहाँ कमल खोलामा निर्माण भएको पुल उद्घाटन गर्ने कार्यक्रम छ । यसपछि दमकबाट ईलामको चुलाचुली जोड्ने रतुवा खोलामा पुल शिलान्यास र अर्को पुल उद्घाटनको कार्यक्रम तय गरिएको छ । सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थापनको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ ।
यस्तै कमल–७ र गौरादह–५ को संगम स्थलमा पार्कको शिलान्यासपछि सोही ठाउँमा आयोजना हुने सभामा ओलीले संवोधन गर्ने जनाईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार