शनिबार , जेठ १, २०७८

आइतबार नेप्सेमा स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

आइतबार नेप्सेमा स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

१६ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १२ दशमलव ३९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ३१५ तोकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ४७८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत अवाको मुनाफाबाट १२ दशमलव ३९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि० वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले साधारण सभा फागुन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११:३० बजे बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय