बीपी राजमार्ग हुँदै गर्ने तस्करी बढ्यो
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:१७:५८
१६ फागुन,काभ्रेपलाञ्चोक । मध्यपहाडी क्षेत्रबाट प्रयोग गरी हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी रोकिएको छैन ।छिमेकी पूर्वी–तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी सफल भएको पाइएको छ ।
गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बीपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुङ्गा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट प्रहरीले विभिन्न थरिका ७४५ प्रतिबन्धित लागुऔषधका क्याप्सुल बरामद गरेको थियो । प्रहरीले रामको जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान भइरहेको जनाएको छ ।
एक महिनाअघि अर्थात् गत माघ १२ गते प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई बीपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ ग¥यो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरी धरान उपमहानगरपालिका–२ का २७ वर्षीय अजित कामतलाई पूर्वबाट बिपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुका साथबाट ‘नाइट्राभेट–१०’ नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको प्रहरीले जनाएको छ । गत वर्ष फागुन दोस्रो सातायता कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन् । घटनाक्रमले गत माघदेखि प्रतिबन्धित लागुऔषध तस्कर पुनः सक्रिय भएको देखाएको छ । यी दुई घटनामा तस्करले लागुऔषध काठमाडौँ लैजान लागेको बयान दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रतिबन्धित लागुऔषध कारोवारीको निगरानी÷खोजीकार्य तीव्ररूपमा गरिएको बताए । “घटनाले एक वर्षपछि प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय भएको पाइयो, हामी विशेष निगरानीमा छौँ”, उनले भने ।
घटना विवरणअनुसार प्रहरीले गत वर्ष फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । त्यसको केही महिनाअघि विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खानतलासी गर्दा सुनसरी र भारतको कानपुरस्थित युपीका दुई युवालाई लागुऔषध ‘नाइट्राभेट–१०’ ७५० चक्कीसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलाएको थियो ।
सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको १५७ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट विभिन्न मितिमा १३ युवालाई पक्राउ गरी मुद्दा चलायो । प्रहरीले ती घटनामा सुराकीका भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो ।
प्रहरीको प्रतिवेदनमा बीपी राजमार्ग ( धुलिखेल–सिन्धुली–बर्दिवास) बाट लागुऔषध ओसारपसार हुने गरेको उल्लेख गरिएको छ । प्रहरीको तथ्याङ्कअनुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोगकर्ताका रूपमा देखिएको छ । एक वर्षपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित सवारी जाँचमा सक्रिय नभएकाले कारोवार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ ।
पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइएको जिल्ला प्रहरी प्रमुख खत्री बताउछन् । यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी जिल्लाको मुख्य व्यापारिक केन्द्र बनेपा र आसपासका शहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर÷क्यारिङ’ बनेर काम गरिरहेको बयान दिएका छन् ।
प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा केही वर्षदेखि प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ६४ जना पक्राउ परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सलमान ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
नेटफ्लिक्सले २७५ करोडमा खरिद गर्यो पुष्पा-२ को डिजिटल अधिकार
बैशाख ७, २०८१ शुक्रबार
फिल्म आराधनाको एउटा गीत जो अहिले पनि हिट छ !
बैशाख ७, २०८१ शुक्रबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार