शनिबार , जेठ १, २०७८

फागुन २८ बाट दलित पत्रकार संघको महाधिवेशन बुटवलमा

फागुन २८ बाट दलित पत्रकार संघको महाधिवेशन बुटवलमा

१६ फागुन,काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन संघको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

संघका हालसम्म ६० जिल्ला शाखा छन् भने काठमाडौं उपत्यकासहित सात प्रदेश समिति छन् । महाधिवेशनमा ७७ वटै जिल्ला र सबै प्रदेशबाट प्रतिनिधिको सहभागिता हुनेछ । महाधिवेशनमा दलित आन्दोलनमा सक्रिय नेता एवं लेखक÷पत्रकार टीआर विश्वकर्माको सम्मानमा स्थापित ‘टीआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार’ र राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायत नेताको चिठ्ठी आदानप्रदान गर्ने राममाया च्यामेका सम्मानमा स्थापित ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी महाधिवेशनमा नेपाली काँग्रेसका संस्थापक सदस्य एवं प्रचार, लेखक तथा नेपाली चलचित्रका पहिलो निर्देशक देवव्रत परियार ९डिबी परियार० को सम्मानमा स्थापित ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ र समाजसेवी रामेश्वर शिवाद्वारा स्थापित ‘परशु–सवरी’ पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ । दलित समुदायका पत्रकारको पेशागत हकहित प्रवद्र्धन, पेशागत सुरक्षा, क्षमता अभिवृद्धिलगायतका रचनात्मक काम गर्ने उद्देश्यले विसं २०६७ मा संघको स्थापना गरिएको हो ।

संघले सरकारी तथा निजी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताका हिसाबले समावेशी हुनुपर्ने, दलित समुदायद्धारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुट गर्नाका साथै ती सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्नेलगायत सवाल उठाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद १ घण्टा पहिले
तपाईको जेठ महिनाको राशीफल कस्तो छ ? तपाईको जेठ महिनाको राशीफल कस्तो छ ? ८ घण्टा पहिले
हेलिकोप्टरबाट गर्भवतीको उद्धार हेलिकोप्टरबाट गर्भवतीको उद्धार २० घण्टा पहिले
अक्सिजन आपूर्ति सहजीकरणका लागि मोबाइल हटलाइन नम्बर अक्सिजन आपूर्ति सहजीकरणका लागि मोबाइल हटलाइन नम्बर २२ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? ३ घण्टा पहिले
मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड २३ घण्टा पहिले
फौजी कीराले मकैबाली नष्ट, किसान दोहोरो चिन्तामा फौजी कीराले मकैबाली नष्ट, किसान दोहोरो चिन्तामा ८ घण्टा पहिले
निलकण्ठ विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन निलकण्ठ विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन ५ घण्टा पहिले