शुक्रबार , बैसाख १०, २०७८

‘स्मार्टडो’को नेपालमा उच्च मूल्याङ्कन, ई–कमर्स को रूपमा पायो मान्यता

‘स्मार्टडो’को नेपालमा उच्च मूल्याङ्कन, ई–कमर्स को रूपमा पायो मान्यता

१६ फागुन, काठमाडौं । नेपाली ई–कमर्स कम्पनी ‘स्मार्टडो’को भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स एपमा रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।

स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जस्मा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ । स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्मार्टडोकोसँग अहिले १०,००० भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।

ग्राहकहरुले पाउने थप सुविधाहरु यस्ता रहेका छन्:

– रिंगरोड भित्र निः शुल्क डेलिभरी
– हरेक खरीदमा रिवार्ड पोइन्ट
– भारी छुट र छुट कुपनहरू
– सजिलै रिटर्न गर्न सकिनेछ
– भुक्तानी विकल्प (नगद /कार्ड / सेलपे /ई–सेवा /मास्टरकार्ड)

“सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गर्नुभएकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

स्मार्टडोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवा दिने प्रयास गयौं । अन्तमा, हामी दुबै प्ले–स्टोर र एप्–स्टोरमा उच्च रेटिङ्ग ई–कमर्स एप् हुन सफल भयौं ।

हाम्रा लागि ग्राहक सन्तुष्टि अत्यन्त महत्वपूर्ण रहेकोे छ र हामीले हाम्रा ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रयत्न गरेका छौं । स्मार्टडोकोलाई सकारात्मक प्रतिक्रिया र उच्च मूल्याङ्कन गरिएकोमा हामी सही दिशातर्फ छौं भन्ने हामीलाई लाग्दछ तर हाम्रो गन्तव्य अझै टाढा छ ।
उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियान मार्फत हामी ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन हाम्रा प्रयासहरु केन्द्रित गर्नेछौं र सबैभन्दा महत्वूर्ण कुरा, हाम्रा ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गराउनेछौं ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय