शनिबार , जेठ १, २०७८

मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका

मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका

१६ फागुन,बनेपा । आँखामा लाग्ने रोगका विषयमा सचेतना जगाउने ध्येयले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिइएको छ । नमोबुद्ध नगरपालिका र रेयुकाइ एईको मासुनागा आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित तालीमको शुभारम्भ गर्दै नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकालाई मोतियाविन्दु मुक्त नगर बनाउने अभियान सञ्चालनमा रहेको जानकारी दिएका छन् । उनले नगरपालिकाले उपलब्ध गराएको मोबाइल फोन प्रयोग गरेर गाउँघरमा भएका स्वास्थ्य समस्याबारे सूचना उपलब्ध गराउन स्वयंसेविकालाई आग्रह गरे ।

नगरपालिकाले रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरी आँखा शिविर सञ्चालन गरिरहेको छ । आँखा अस्पतालका सचिव धर्मभक्त प्रधानले कोही पनि अन्धोपनको शिकार बन्न नपरोस् भन्ने उद्देश्यले अस्पताल स्थापना गरिएको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कार्यक्रममा प्रमुख प्रशिक्षक विमल पौडेलले सामान्य लापर्वाहीले पनि अन्धोपनको समस्या देखिने उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्नका लागि तालीम आयोजना गरिएको बताए । तालीममा नगरपालिकाका विभिन्न वडाका ३६ महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय