शनिबार , जेठ १, २०७८

साउथ चलचित्र थिरिमालीमा स्वस्तिमा

साउथ चलचित्र थिरिमालीमा स्वस्तिमा

१६ फागुन,काठमाडौं । नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ खेल्ने भएकी छिन् । स्वस्तिमाले उक्त चलचित्रको लागि साइन गरेकी छिन् । काठमाडौंको एक पाँच तारे होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ ।

यो चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुने जनाएको छ । नेपालको काठमाण्डौ र मुस्ताङमा चलचित्रको छायांकन हुने छ । उक्त चलचित्रलाई राजिव सेट्ठीले निर्देशन गर्दै छन् । चलचित्र दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्दैछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ । नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय